बर्दियामा सर्पको टोकाइबाट एकको मृत्यु
बर्दिया,असोज १४

अफजल खान
सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाईबाट राजापुर नगरपालिका–५ जैपुरका ७७ वर्षीय बेझु चौधरीको बुधबार बिहान मृत्यु भएको हो । बुधबार बिहान साढे १ बजे पिसाब फेर्न जाने क्रममा चौधरीलाई अत्यन्तै विषालु कोब्रा सर्पले बायाँ खुट्टामा टोकेको थियो । सर्पको टोकाईबाट गम्भिर घाईते भएका चौधरीलाई उपचारको लागि बर्दिया अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।




