अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

ज्ञानेन्द्र पोख्रेल /बर्दिया /बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्रको आयोजना तथा आर आर एन र डिजीएम नेपालको आर्थिक सहयोगमा बेत वाँसका सामाग्री निर्माण सम्बन्धी २१ दिने तालिम बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्र बर्दियाको कार्यालयमा यहि भाद्र १९ गते देखी शुरू भएको छ ।
अपाङ्गता भएका ब्यक्तिहरुको लागि सिप सिकेर आत्मनिर्भर हुन सकुन भन्ने उद्देश्यले सहयोगी संस्थाहरुको सहयोगमा गुलरिया नगरपालिका, बाँसगढी नगरपालिका, बारवर्दिया नगरपालिका र बढैयाताल गाऊपालिका भित्र का २० जना अपाङ्गता भएका महिला तथा पुरुषहरुको लागि यहि भाद्र १९ गते देखि असोज १३ गते सम्म २१ दिने बेतबाँस बाट निर्माण गरिने सामाग्रीहरू बनाउने सम्बन्धि सिप मुलक तालिमको आयोजना गरिएको जानकारी बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्र बर्दिया का अध्यक्ष नेत्र प्रसाद सापकोटा ले जानकारी दिएका छन् ।
सिप मुलक तालिम कार्यक्रम को उद्घाटन गर्दै बढैयाताल गाऊपालिका वडा नं ७ का अध्यक्ष तथा कार्यक्रम का प्रमुख अतिथि राधेश्याम थारू ले सिप सिकाई आत्मनिर्भर बनाउने उद्देश्यले सिप मुलक तालिम सन्चालन हुन लागेकोमा खुशी व्यक्त गर्दै सहभागीहरू लाई लगनसिल भई मेहनतका साथ सिप सिक्नु पर्ने कुरामा जोड दिएका थिए साथै उनले भने सिप जानेको व्यक्ति भोकै बस्नु पर्ने अवस्था नहुने भएकाले सबै ले दत्तचित्त का साथ सिकेको सिप लाई व्यवहारमा उतार्न सक्नु पर्छ । सिपमुलक तालिम बर्दिया अपाङ्ग पुर्नस्थापना केन्द्र का अध्यक्ष नेत्र प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम मा प्रशिक्षक विर बहादुर खडका डेक नेपालका दशरथ थारू संचारकर्मी लगायतका अतिथ हरु रहेका थिए कार्यक्रम मा अपाङ्ग पुर्नस्थापना केन्द्र का कोषाध्यक्ष चिन्तामणि कडेल ले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम को सन्चालन केन्द्र का महासचिव दल बहादुर सुनार ले गरेका थिए ।






