Trend
मंगलबार , भाद्र ३०, २०८३

वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै ४ लाख ५० हजार ठगी गर्ने महिला पक्राउ

प्रहरीले वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र विदेश पठाइदिने प्रलोभन देखाएर रकम माग्ने व्यक्तिबाट सचेत रहन तथा रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ।

अफजल खान /भदौ ४ काठमाडौं । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिने भन्दै रकम असुली ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाउँदै रोजगारीका लागि टर्की लैजाने भन्दै लामो समयसम्म झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा प्रहरीले सिन्धुली कमलामाई नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ३३ वर्षीया राधिका खपाङ्गीलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार खपाङ्गीले पीडितबाट ४ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ। टर्की पठाइदिने भन्दै रकम लिएपछि विदेश नपठाई पीडितलाई झुक्याएको आरोपमा उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेकी खपाङ्गीविरुद्ध थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा आकर्षक तलब र विदेश पठाइदिने प्रलोभन देखाएर रकम माग्ने व्यक्तिबाट सचेत रहन तथा रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति वा संस्थाको आधिकारिकता जाँच गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP