Trend
बिहिबार , जेठ २८, २०८३
बर्दियामा वन विनाश र सरकारी रकम दुरुपयोगबारे अख्तियारमा उजुरी

अफजल खान

 बर्दिया / भदौ ७ /  बर्दियामा सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न भनी वन जंगल नापी रहेकाे भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएकाे छ ।

जिल्लाकाे गुलरिया नगरपालिका वडा नं.७ निवासी हरित अभियन्ता तथा कृषि पत्रकार कमल राज पौडेल देव कमलले भूमि ऐन र सर्वोच्च अदालतको आदेश विपरीत भूमि समस्या समाधान आयोग र ८ वटै स्थानीय तहलाई वन जंगल नपाई वन विनाश गर्नुका साथै सरकारी रकम दुरुपयोग गरेकाे आराेप लगाउँदै अनुसन्धान आयोग कार्यालय बुटवल अन्तरगत सम्पर्क कार्यालय नेपालगन्जमा उजुरी दर्ता गर्नु भएकाे हाे ।

निवेदनमा बर्दियाका आठ स्थानीय तहहरूले वन क्षेत्रलाई उपेक्षा गर्दै अनियमित ढंगले जग्गा वितरण गरेको दाबी गरिएको छ । आयोगले संविधान, भूमि ऐन र सर्वोच्च अदालतले बारम्बार दिएको आदेश विपरीत निर्णय गर्दै वातावरणीय क्षति पुर्‍याएको र सरकारी रकम समेत दुरुपयोग गरेको पौडेलले निवेदनमा उल्लेख गर्नु भएकाे छ ।

“वन र जंगललाई जग्गा वितरणका नाममा विनाश गरिँदै छ। यो केवल वन विनाश मात्र होइन, सरकारी स्रोत र रकमको दुरुपयोग समेत हो,” पौडेलले निवेदन मार्फत भन्नुभयाे ।

सुकुम्बासी समस्याको दीगो समाधान खोज्नुपर्ने भए पनि वन मासेर गरिएको व्यवस्थापन गैरकानुनी र अस्थायी देखिने पौडेलको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय बर्दियालाई बोधार्थ बनाउँदै दर्ता गरिएकाे निवेदनमा पौडेलले दोषी निकाय र व्यक्तिहरूमाथि छानबिन गरी कानुनी कारबाही गर्न अख्तियारसँग माग गर्नुभएकाे छ । साथै, भविष्यमा यस्ता गैरकानुनी गतिविधि दोहोरिन नदिने गरी कडाइका साथ नियमन गर्नुपर्ने उहाँको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP