Trend
मंगलबार , भाद्र ३०, २०८३

मोहम्मद जयन्तीमा डीजे नबजाउने मुस्लिम समुदायको निर्णय

अफजल खान ,बर्दिया । मुस्लिम समुदायको महत्वपूर्ण धार्मिक पर्व मोहम्मद जयन्तीलाई धार्मिक तथा मर्यादित ढंगले मनाउने तयारी गरिएको छ। मोहम्मद जयन्तीका अवसरमा निकालिने धार्मिक जुलुस तथा अन्य कार्यक्रमहरूमा डीजे नबजाउने निर्णय गरिएको जनाइएको छ।

मुस्लिम धर्मगुरु तथा अगुवाहरूले मोहम्मद जयन्तीलाई धार्मिक आस्था, सामाजिक सद्भाव र आपसी भाइचाराको पर्वका रूपमा मनाउनुपर्नेमा जोड दिएका छन्। धार्मिक कार्यक्रमलाई व्यवस्थित, शान्तिपूर्ण र मर्यादित बनाउन डीजे तथा अत्यधिक ध्वनि प्रयोग नगर्ने निर्णय गरिएको हो।

मोहम्मद जयन्ती इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको जन्मदिनको सम्झनामा मनाइने महत्वपूर्ण धार्मिक पर्व हो। यस अवसरमा मस्जिद तथा मदरसामा धार्मिक कार्यक्रम, प्रवचन, दुआ तथा विभिन्न सामाजिक गतिविधि आयोजना गरिने गरिन्छ।

बर्दियामा पनि मुस्लिम समुदायले मोहम्मद जयन्तीका अवसरमा धार्मिक सहिष्णुता, सामाजिक एकताको सन्देश प्रवाह गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। धर्मगुरुहरूले पर्वका क्रममा अन्य समुदायको धार्मिक तथा सामाजिक भावनाको सम्मान गर्दै शान्तिपूर्ण रूपमा कार्यक्रम सम्पन्न गर्न सबैलाई आग्रह गरेका छन्।

मोहम्मद जयन्तीलाई भड्किलो र अनावश्यक खर्चभन्दा धार्मिक शिक्षा, मानवता, शान्ति, सद्भाव र सामाजिक सेवासँग जोडेर मनाउनुपर्नेमा समेत जोड दिइएको छ।

बर्दियामा विभिन्न समुदायबीचको आपसी सद्भाव र धार्मिक सहिष्णुतालाई थप मजबुत बनाउने उद्देश्यले मोहम्मद जयन्तीका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP