नदीमा डुबेर बालक बेपत्ता

अफजल खान
बर्दिया,भदौ २५
नदीमा नुहाउने क्रममा एक बालक बेपत्ता भएका छन् । बारबर्दिया नगरपालिका–४ का १६ वर्षीय सम्राट थारु बुधबार बिहान ९ बजे बबई नदीको बैरियाघाट स्थित नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् । बालक बेपत्ता भएको जानकारी प्राप्त भए लगत्तै इलाका प्रहरी कार्यालय बनियाभारका प्रहरी निरीक्षक विबेक भट्टराईको नेतृत्वमा १० र सशस्त्र प्रहरी सुरक्षा बेश कतर्नियाबाट प्रहरी नायव निरीक्षक विनोद कुमार मल्लको नेतृत्वमा १० जनाको संयुक्त टोली खोजतलासमा खटिएको थियो । खोजतलास जारी रहेपनि बेपत्ता बालक अझैसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।





