Trend
मंगलबार , भाद्र ३०, २०८३

गेरुवा नदिको वहावमा बगेर हात्ती गिरिजापुरी ब्यारेजमा पुगे।


हरि गुरुङ्ग
१० भाद्र २०८३

बर्दिया खाता जैविक मार्ग हुँदै बग्ने गेरुवा नदिमा हात्तीका बच्चा सहित भारतको गिरिजापुरी ब्यारेज पुगेका थिए।
नेपालतर्फको जंगलबाट निस्केका पाँच जङ्गली हात्तीको समूह मंगलबार बिहान सरयू नदीको तीव्र धारमा फसेका थिए। गेरुवा -कौडियाला नदीको तीव्र धाराले बगाएर तीन वयस्क हात्ती र दुई बच्चाहरु सहित चौधरी चरण सिंह गिरिजापुरी ब्यारेजमा पुगे।

बच्चाहरुलाई बचाउन प्रयास गर्दागर्दै हात्तीहरू बाँध नजिक पुगेको प्रत्यक्षदर्शीले बताए । हात्ती बग्दै आएको जानकारी पाएपछि भारतीय वन विभाग र सिँचाइ विभागले बाँधका ढोकाहरू बन्द गरि पानीको बहाव रोक्न समन्वय गरि पाँचवटा हात्तीहरूलाई सुरक्षित उद्दार गर्न भारतिय वन विभाग कतर्नियाघाट वन्यजन्तु आरक्ष सफल भएको छ।

करिब बिहान १० बजेतिर ब्यारेज नजिकै हात्तीको बथान रहेको खबर फैलिएपछि सयौं मानिसहरू घटनास्थलमा भेला भएका थिए । परिस्थितिको गम्भीरता बुझ्दै कतरनियाघाट वन्यजन्तु डिभिजनका वन रेन्ज अधिकारी आशिष गौर, वन निरीक्षक राधेश्याम, डेपुटी रेन्जर मयंक पाण्डे र अन्य वन कर्मचारीहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए।

पानीको बहाव कम भएपछि, हात्तीहरूको समूह बाँध नजिकै आइपुग्यो। त्यहाँ मानिसहरूको बढ्दो भीडले स्थितिलाई अझ संवेदनशील बनायो। वन कर्मचारीहरूले भीडलाई हटाएर हात्तीहरूलाई बाँधको ढोकाबाट टाढा पुर्याएपछि हात्तीहरूले किनारमा आएपछि सुरक्षीत साथ जंगल प्रवेश गरेका हुन।
बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाता जैविक मार्ग हो, जहाँ वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गर्दछन।कतर्नियाघाट वन रेन्ज रेन्जर आशिष गौरले पाँचै वटा हात्तीहरु सुरक्षित रहेको र भारतिय जंगलतर्फ प्रवेश गरेको बताउनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP