Trend
आइतबार , अषोज ४, २०८३

नागरिकता लिन आउँदा जबरजस्ती करणीका फरार कसुरदार पक्राउ

अफजल खान
बर्दिया,असोज २
नयाँ नागरिकता लिन आउँदा जबरजस्ती करणीका फरार कसुरदार पक्राउ परेका छन् । नागरिकता लिन आउँदा फरार कसुरदारलाई जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ का २९ वर्षीय कृष्ण चमार रहेका छन् । विस २०७२ साल फागुन १० गते जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा चमारलाई १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना तोकेको थियो । फरार चमार बिहीबार नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका थिए । गोप्य सुचनाका आधारमा प्रशासनले प्रहरीको सहयोगमा चमारलाई नियन्त्रणमा लिएको हो । प्रहरी मार्फत चमारलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले चमार बिहीबार नै कारागार चलान भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोक प्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती

बर्दियाको रामनगरमा परम्परागत हरेरी पूजा सम्पन्न


TOP