Trend
बिहिबार , अषोज २२, २०८३

नागरिकता लिन आउँदा जबरजस्ती करणीका फरार कसुरदार पक्राउ

अफजल खान
बर्दिया,असोज २
नयाँ नागरिकता लिन आउँदा जबरजस्ती करणीका फरार कसुरदार पक्राउ परेका छन् । नागरिकता लिन आउँदा फरार कसुरदारलाई जिल्ला प्रशासन कार्यालयले प्रहरीको सहयोगमा बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा बढैयाताल गाउँपालिका–७ का २९ वर्षीय कृष्ण चमार रहेका छन् । विस २०७२ साल फागुन १० गते जिल्ला अदालतले जबरजस्ती करणी मुद्दामा चमारलाई १० वर्ष कैद सजाय र रु ५० हजार जरिवाना तोकेको थियो । फरार चमार बिहीबार नयाँ नागरिकता लिन जिल्ला प्रशासन कार्यालय बर्दिया पुगेका थिए । गोप्य सुचनाका आधारमा प्रशासनले प्रहरीको सहयोगमा चमारलाई नियन्त्रणमा लिएको हो । प्रहरी मार्फत चमारलाई अदालतमा पेश गरिएको र अदालतको आदेशले चमार बिहीबार नै कारागार चलान भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लोक प्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP