Trend
मंगलबार , भाद्र ३०, २०८३

आठ मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

अफजल खान
बर्दिया,भदौ १७
मस्जिद तथा मुस्लिम समाजबाट बाढी पीडितका लागि संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिएको छ । मस्जिद, मुस्लिम समाज एवंम् मोहम्मदपुर वेयलफेयर ट्रष्टको संयुक्त आयोजनामा मंगलबार आयोजित एक कार्यक्रम बिच संकलित रकम हस्तान्तरण गरिएको हो । मुस्लिम समुदायका अगुवा र मस्जिदका धर्म गुरुहरुको अगुवाईमा बाढी पीडितका लागि रकम संकलन गरिएको थियो । संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बैंक भौचर जिल्ला प्रशासनमार्फत सरकारलाई बुझाईएको छ । गुलरिया नगरपालिका वडा नंम्बर ११ र १२ स्थित रहेका ८ वटा मस्जिद र मुस्लिम समुदायबाट संकलित भएको रु २ लाख ५० हजार ५ सय ७२ जम्मा बैंक भौचर प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई हस्तान्तरण गरिएको गुलरिया नगरपालिका–११ मोहम्मदपुर वेयलफेयर ट्रष्टका अध्यक्ष सलमान खानले बताए । ‘विनासकारी बाढीले ठुलो धनजनको क्षति भएको छ,’उनले भने,‘यस विषम परिस्थितमा सकेको जति सहयोग गरेर सरकारलाई सघाँउन जरुरी छ ।’
रकम हस्तान्तरण कार्यक्रममा मुस्लिम समुदायका अगुवा, धर्मगुरु तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP