Trend
आइतबार , भाद्र ७, २०८३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी

ज्ञानेन्द्र पोख्रेल/ बर्दिया / साउन ३० , बढैयाताल को फुटाह नाका बाट यहि श्रावण २९ गते ठुलो परिमाणको लागु औषध ब्राउन सुगर सहित एक जना पक्राउ परेका छ्न।
यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ फुटाहा स्थित भारतको बलई गाउँबाट नेपालतर्फ शंकास्पद रूपमा पैदल हिडीरहेको अवस्थामा फेला पारी रोकी सोधपुछ तथा चेकजाँच गर्दा जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. १ डाँफे स्थाई बसोबास भई हाल जिल्ला बर्दिया बढैयाताल गाउँपालिका वडा नं. २ फुटाहा बस्ने वर्ष ५२ को दिबे सुनारलाई चेकजाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको दाहिने गोजीमा कालो पलाष्टिक भित्र धागोले बाँधेको सेतो पोकामा प्लाष्टिक सहित नापतौल गर्दा ३७५ ग्राम ११० मिलिग्राम र प्लाष्टिक हटाई शुद्ध तौल गर्दा ३४९ ग्राम २५० मिलिग्राम लागू औषध (ब्राउनसुगर) जस्तो देखिने खैरो रङ्गको गिलो पदार्थ फेला पारी र निजको साथमा रहेको नगद रु.७,५६०।- (सात हजार पाच सय साठ्ठी) र मोटो कम्पनीको एन्ड्रोएड मोबाईल थान-१ समेत रितपुर्वक बरामद तथा निज दिबे सुनारलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP