Trend
बिहिबार , माघ २, २०८२

ए.टिभी न्युज नेपाल संवाददाता

बर्दिया/माघ १७

बर्दिया जेसिजको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बर्दिया जेसिजमा बर्ष २०२५ का अध्यक्ष ललित कडायतको अध्यक्षतामा नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।

कार्यक्रमको अध्यक्षता बर्ष २०२४ का अध्यक्ष रविसिहं महताराले गरेका थिए भने प्रमख अतिथि लुम्बिनि प्रदेश सभा सांसद माननिय राज कुमार चौधरी, विशिष्ट अतिथि गुलरिया नगरपालिकाको उपप्रमुख सावित्रा गौतम, अतिथिहरुमा गुलरिया नगरपालिका वडा नंं. १ र २ का वडा अध्यक्ष क्रमशः जोगिराम थारु र टंक प्रसाद अधिकारी, वुद्धिजिबि एवं समाजसेवि अंगत श्रेष्ठ, कमल राज पौडेल, भुमिराज लामिछाने, कमल भण्डारी, बबई बहुमुखि क्याम्पसका उपप्रध्यापक बामदेव ज्ञवालि लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमको औपचारीक उद्घाटन लुम्बिनि प्रदेश सभा सांसद माननिय राज कुमार चौधरीले पानसमा दियो बालेर गरेका थिए ।जेसिज नेपाल युवाहरुको नेतृत्व विकास, व्यक्तित्व विकास र उधमशिलता सिप विकास गर्नको लागि १८ देखि ४० बर्ष उमेर समुहको युवाहरुको गैर–नाफामुखि स्वैच्छिक सदस्यतामा आधारित संस्थाको रुपमा स्थापित भएको हो ।

विशेषगरी जेसिजको मुख्य उद्देश्य भनेकै युवाहरुलाई सक्षम र जिम्मेवार नागरिक बनाउने रहेकोछ साथसाथै युवाहरुको कुशल नेतृत्व विकास, व्युिक्तत्व विकास गर्नका लागि तालिम र अवसर प्रदान गर्ने रहेको छ ।


कार्यक्रममा बोल्दै लुम्बिनि प्रदेश सभा सांसद मा. चौधरीले युवाहरुलाई एकैठाउँमा राखि नेतृत्व गर्न सक्षम युवाहरु उत्पादनमा अगाडि बढेकोमा जेसिज बर्दियालाई धन्यवाद दिए साथै युवाहरुको सवालमा आफुपनि निरन्तर लागिरहेको बताउदै युवाहरु अबको नेतृत्वमा अगाडि आउनुपर्नेमा समेत जोड लगाय । आफु युवाहरुको सवालमा जुनसुकै सहयोग पनि गर्न तत्पर रहेको बताउदै नवनिर्वाचित कार्यसमितिलाई बधाई एवं शुभकामना ज्ञापन गरे ।

त्यसैगरी बिशिष्ट अध्यक्ष नगर उपप्रमुख सावित्रा गौतमले पनि आजको दिनमा थुप्रै युवाहरु बिभिन्न कुलतमा फसेर हिडिरहेको अवस्थामा युवाहरुलाई नेतृत्व विकास र व्यक्तित्व विकास गर्दै युवाहरुलाई एकजुट बनाउदै सक्षम लिडर उत्पादन गर्नको निम्ति पाईला चालेको भन्दै बर्दिया जेसिजलाई बधाई ज्ञापन गरिन । तेसै बर्दिया जेसिज २०२५ले बर्ष२०२५को लागी स्पोर्ट्स को- ओरिडिनटोर मा महेमुद अलि मनिहार लाईमनोनयन गरिएको छ।


विभिन्न अतिथिहरुले आफ्नो भनाई राख्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना ज्ञापन गर्दै सदैब जेसिज बर्दियाको साथमा रहेको बताए ।

कार्यक्रमको अन्तिममा बोल्दै नवनिर्वाचित अध्यक्ष कडायतले बर्ष २०२५ मा नेतृत्व विकास र व्यक्तित्व विकासमा थुप्रै क्रियाकलापहरु संचान गर्ने र सम्पुर्ण सहयोगि हातको सहयोगको अपेक्षा पनि रहेको बताए । कार्यक्रमको बारेमा जानकारी एवंम संचालन नवनिर्वाचित महासचिव खुमेश सुबेदीले गरेक थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

विद्यार्थीलाई कानुनी जानकारी गराउदै बढैयातालमा न्यायिक समितिको पहल

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी


TOP