Trend
आइतबार , भाद्र ७, २०८३

साउन २९

बर्दिया / ​बर्दियाको गुलरिया नगरपालिकामा आज बिहान चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।
​घाइते हुनेमा गुलरिया नगरपालिका वडा नम्बर ३ निवासी रन्जित गोडिया रहेकाछन।बिहान करिब ५:३० बजे वडा नम्बर १ को क्षेत्रमा चितुवाले अचानक आक्रमण गरि घाइते बनाएको थियो। कामको सिलसिलामा बिहान घरबाट बाहिर निस्किएका गोडियामाथि वन क्षेत्रबाट बस्ती नजिक आइपुगेको चितुवाले अचानक आक्रमण गरेको थियो।

​घटनाको जानकारी पाउनासाथ सब डिभिजन वन कार्यालयका रेन्जर प्रभा लम्साल तथा प्रहरी सहितको टोली घट्नास्थलमा खटिएको थियो। उद्धार टोली र स्थानीयवासीको संयुक्त प्रयासमा घाइते गोडियालाई तत्काल उद्धार गरी जिल्ला अस्पताल गुलरिया लगिएको छ। हाल अस्पतालमा उनको उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP