Trend
मंगलबार , भाद्र ३०, २०८३
जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

हरि गुरुङ्ग
२७ साउन २०८३
मधुवन,
बर्दियाको मधुवन नगरपालिका वडा नं-३ मा १५ औं विश्व हात्ती दिवसको अवसरमा मानव- हात्ती सह-अस्तित्वका लागि न्यून लागतको मौसमी विधुतिय तारबार सिलन्यास कार्यक्रम धनौरामा सम्पन्न भएको छ।
उक्त कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले सिलन्यास गर्नुभएको हो। सिलन्यास कार्यक्रममा बोल्दै नगरपालिका भाट:- धेरै मेहनतले यो कार्यक्रम ल्याउन सफल भएका छौं, बस्तिलाई सुरक्षीत राख्न समुदायले अपनत्व लिनुपर्ने हुन्छ। रेखदेख मर्मत सम्भार गर्न अति जरुरी हुन्छ। संस्थाले सहयोग गर्यो अब हाम्रो जिम्मेवारी हो।तारबार सुरक्षीत रहे हामी पनि सुरक्षित हुन्छौं ।
त्यसै जंगली हात्तीबाट बस्तिलाइ सुरक्षित गर्न ४ लाख रुपैयाँमा १ दशमलव ५ किलोमीटर तारबार गरिदैछ। विशेषत हात्तीलाई बस्तीमा प्रवेश गर्न रोक्नलाई तारबार गरिएको उज्यालो नेपालका कार्यकारी निर्देशक रमेशकुमार थापाले जानकारी दिनुभएको हो। मौसमी विधुतिय तारबार नेपालमा पहिलो पटक उज्यालो नेपाल गैरसरकारी संस्थाले भित्र्याएको हो । नेपालका धेरै क्षेत्रमा गरिएका तारबार सफल भएको छ भने यस्लाइ अझै प्रभावकारी र नमुनाको रुपमा लैजाने कार्यकारी निर्देशक थापाले बताउनुभएको हो। यस संस्थाले विगत ६ बर्षदेखी खाता जैविक मार्ग क्षेत्र लगायत विभिन्न जिल्लाहरुमा मानव हात्ती सह-अस्तित्वमा काम गर्दै आइरहेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, विशिष्ट अतिथीमा बर्दिया राष्ट्रिय निकुञ्ज बर्दियाका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार राम अतिथिहरुमा बि.ओ.पि. धनौराका सशस्त्र प्रहरी निरीक्षक, उज्यालो नेपालका अध्यक्ष नबराज न्यौपाने, हात्ती मेरो साथीका अध्यक्ष धनिराम चौधरी, प्रहरी चौकीका प्रतिनिधि, सल्लाहकार मदन ज्ञवाली, भदै थारु लगायत स्थानीय समुदायहरुको उपस्थिति रहेको थियो भने हात्ती मेरो साथी धनौरा गाउँका अध्यक्ष प्रकाश थारुको सभापतित्वमा सिलन्यास कार्यक्रम सम्पन्न भएको थियो साथै कार्यक्रम संचालन उज्यालो नेपालका नमराज पोख्रेलले गर्नुभएको थियो।
हात्ती दिवसको मुख्य उदेश्य हात्ती संरक्षण बासस्थानको सुरक्षा, चोरी सिकार नियन्त्रण र मानव – हात्ती द्वन्द्व न्यूनीकरण बारे जनचेतना फैलाउनु हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती


TOP