Trend
आइतबार , अषोज ४, २०८३

स्थान परिचय : रानीपुर — संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती

ज्ञानेन्द्र पाेख्रेल,बर्दिया बढैयाताल
`रानीपुर´ बर्दिया जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित एक ऐतिहासिक बस्ती हो। साविक मानपुर–मैनापोखर गाउँपञ्चायत–४ (हाल बढैयाताल गाउँपालिका–६) मा पर्ने रानीपुर एक समय घना जंगलले ढाकिएको क्षेत्र थियो। तत्कालीन श्री ५ को सरकारले जग्गा वितरण गरेपछि विसं २०२८ सालदेखि यहाँ पहाडी क्षेत्रका नागरिकहरूको बसाइँसराइ तीव्र रूपमा सुरु भयो।

विशेषगरी कास्की जिल्लाका पोखरा, हेमजा, लाहाचोक, घाँचोक, पाउदुर, आर्वा, पुम्दी, कास्कीकोट, ढिकुरपोखरीलगायतका गाउँबाट आएका परिवारहरूले “थोरै दुःख गरेर वर्षभरि खान पाइने” आशा बोकेर रानीपुरलाई आफ्नो नयाँ कर्मभूमि बनाए। उनीहरूले कठोर परिश्रम, कृषि र सामुदायिक सहकार्यका माध्यमबाट जंगललाई उर्वर बस्तीमा रूपान्तरण गरे।

समयसँगै आर्थिक, शैक्षिक तथा रोजगारीका अवसरको खोजीमा रानीपुरका धेरै रैथाने परिवार कोहलपुर, नेपालगञ्ज, खजुरा, बाँसगढी, मैनापोखर, भोलागौडीलगायतका बजार तथा अन्य स्थानतर्फ बसाइँ सरे। कतिपय भने आफ्नै पुरानो थातथलो पनि फर्किएका छन्।

हाल रानीपुरमा पहाडी, थारू तथा अन्य समुदायको मिश्रित बसोबास रहेको छ। पुराना पोखरेली परिवारको संख्या घट्दै गए पनि उनीहरूको संघर्ष, योगदान र सामुदायिक संस्कृतिको छाप आज पनि यस गाउँमा जीवित छ। बदलिँदो सामाजिक संरचनाबीच पनि यो बस्ती आजसम्म “रानीपुर” कै नामले परिचित छ र बर्दियाको बसाइँसराइ, श्रम, सहअस्तित्व र सामाजिक रूपान्तरणको एउटा जीवित इतिहास बोकेको स्थानका रूपमा चिनिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती

बर्दियाको रामनगरमा परम्परागत हरेरी पूजा सम्पन्न


TOP