Trend
आइतबार , भाद्र ७, २०८३

हेल्पिङ हर्ट नेपालद्वारा एक सय अनाथ बालबालिकालाई सहयोग

संस्थाका महासचिव मिराज खानका अनुसार १०० जना बालबालिकालाई प्रति बालबालिका १० हजार रुपैयाँ नगद, सरसफाइका सामग्री, स्कुल सामग्री, स्टेसनरी, स्कुल ब्यागलगायत आवश्यक सामग्री प्रदान गरिएको छ।

अफजल खान✍️

भदौ २,सिरहा । हेल्पिङ हर्ट नेपालले सिरहाका १०० जना अनाथ तथा असहाय बालबालिकालाई आर्थिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ। संस्थाले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा दैनिक आवश्यकतामा सहयोग पुर्‍याउने उद्देश्यले नगदसहित विभिन्न सामग्री उपलब्ध गराएको हो।
संस्थाका महासचिव मिराज खानका अनुसार १०० जना बालबालिकालाई प्रति बालबालिका १० हजार रुपैयाँ नगद, सरसफाइका सामग्री, स्कुल सामग्री, स्टेसनरी, स्कुल ब्यागलगायत आवश्यक सामग्री प्रदान गरिएको छ।
हेल्पिङ हर्ट नेपालले सञ्चालन गरेको सहयोग कार्यक्रमअन्तर्गत प्रत्येक अनाथ बालबालिकालाई मासिक ५ हजार रुपैयाँका दरले आर्थिक सहयोग समेत उपलब्ध गराउँदै आएको महासचिव खानले जानकारी दिनुभयो।
अनाथ तथा आर्थिक रूपमा विपन्न बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन र उनीहरूको दैनिक जीवनमा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।
संस्थाले आगामी दिनमा पनि अनाथ तथा असहाय बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। १०० जना बालबालिकालाई गरिएको सहयोगले उनीहरूको अध्ययन तथा दैनिक जीवनमा प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP