Trend
आइतबार , भाद्र ७, २०८३
बढैयाताल गाऊपालिका ले शिक्षक मिलान तथा सरुवा लगायतका विषयमा गरिएको निर्णय पुनरावलोक गर्ने बढैयाताल गाऊपालिका का राजनैतिक दलहरुको अल्टिमेटम

ज्ञानेन्द्र पोख्रेल

बर्दिया :- बढैयाताल गाउँपालिकाले हालै बढैयाताल गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूमा हालै गरिएको प्रधानाध्यापक तथा शिक्षक दरबन्दी मिलान र शिक्षक सरुवा सम्बन्धी निर्णय प्रति बढैयाताल गाउँपालिका भित्र रहेका सक्रिय राजनीतिक दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी लगायतका दलहरुलेआपत्ति जनाउँदै आज श्रावण २० गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन्। भने चारवटा मागसहितको ज्ञापनपत्र गाउँपालिकाका अध्यक्षलाई बुझाएका छन्।ज्ञापन पत्रमा भनिएको छ (१) प्रधानाध्यापक तथा शिक्षक दरबन्दी मिलान र शिक्षक सरुवा सम्बन्धी हालै गरिएको भनिएको सबै निर्णयको कानुनी आधार मापदण्ड औचित्य र निर्णय प्रक्रिया सार्वजनिक गरियोस्। (२)व्यापक विवाद र जनगुनासो उत्पन्न भएका शिक्षक सरुवा सम्बन्धी निर्णयको कार्यान्वयन तत्काल स्थगित गरी निष्पक्ष पुनरावलोकन गरियोस्।(३)सम्बन्धित विद्यालयका विद्यालय व्यवस्थापन समिति विद्यालय प्रशासन तथा सम्बन्धित शिक्षकहरूसँग आवश्यक परामर्श र समन्वय गरेर मात्र आगामी निर्णय गरियोस्।(४)शिक्षक प्रशासनमा विधिको शासन पारदर्शिता, समानता र उत्तरदायित्वको पूर्ण पालना सुनिश्चित गरियोस्। यी जायज मागहरुमागहरूप्रति सम्बन्धित निकायले गम्भीरता नदेखाएको खण्डमा चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने ,ज्ञापनपत्र बुझाउने ,सार्वजनिक खबरदारी गर्ने , धर्ना तथा विरोधका कार्यक्रमहरू प्रचलित कानुन बमोजिमका सबै लोकतान्त्रिक र वैधानिक माध्यम अवलम्बन गर्न बाध्य हुने कुरा विज्ञप्ति मार्फत स्पष्ट पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP