Trend
शनिबार , भाद्र २७, २०८३

बर्दियाको रामनगरमा परम्परागत हरेरी पूजा सम्पन्न

ज्ञानेन्द्र पोख्रेल
बर्दिया, साउन १०
बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४, रामनगरमा परम्परागत रूपमा मनाइँदै आएको हरेरी पूजा उत्साहका साथ यस वर्ष पनि सम्पन्न भएको छ ।
हरेरी पूजामा कार्यक्रम मा गाऊका वडघर, गुरुवा, धर्मगुरू, वैध ,समाजसेवी, ज्येष्ठ नागरिक, महिला, युवा तथा गाउँवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
धार्मिक परम्परा अनुसार हरेरी पुजा प्रत्येक वर्ष को रोपाई सके पश्चात बिधि पूर्वक हरेरी पूजा सम्पन्न गर्दै गाउँमा सुख, शान्ति, समृद्धि, राम्रो वर्षा, उन्नत खेतीपाती तथा सबै नागरिकको सुस्वास्थ्य र दीर्घायुको कामना सहित हरेरी पुजा गर्ने प्रचलन रहेको गाऊँ का थारू समुदायका अग्रहहरु बताउछन् ।
स्थानीयवासी प्रविण चौधरी का अनुसार हरेरी पूजा थारू समुदायको यस क्षेत्रको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक परम्परा हो, जसले गाउँमा आपसी एकता, सद्भाव र सामाजिक सम्बन्ध लाई अझ मजबुत बनाउन योगदान पुर्‍याउँदै आएको छ।
पूजा सम्पन्न भए पश्चात सामुहिक रुपमा प्रसाद ग्रहण गर्ने चलन रहेको छ । आयोजक समितिले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण स्थानीय सहभागी हरू प्रति हार्दिक धन्यवाद व्यक्त गरेको थियो । साथै यस हरेरी पुजा कार्यक्रम गाँऊका मुल बडघरको नेतृत्व मा हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP