Trend
बिहिबार , अषोज २२, २०८३

बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु

अफजल खान
बर्दिया,भदौ १९
करेन्ट लागेर ट्रक सहचालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१२ भैसाही स्थित बिच बाटोमा रहेको विद्युत तारलाई पन्छाउने क्रममा करेन्ट लागेर बाँसगढी नगरपालिका–९ का ३० वर्षिय पुरन थारुको बिहीबार राती मृत्यु भएको हो । ट्रकमा काठ लोड गरी नेपालगंजतर्फ लैजाने क्रममा बिच बाटोमा रहेको तार ट्रकमा नछुन ट्रकमाथि चढेर पन्छाउने क्रममा बिहीबार राति सवा ८ बजे करेन्ट लागेर सहचालक थारु घाईते भएका थिए । बर्दिया अस्पतालमा उपचारको क्रममा घाईते थारुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवंम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाँसगढी नगरपालिका–७ का ४६ वर्षिय रामप्रसाद थारुले चलाएको लु १ ख ५७४७ नंम्बरको ट्रक चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

१

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

२

सुन्नी जामा मस्जिद र छोटी मस्जिदद्वारा संकलित रकम दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण

३

प्रहरीको सक्रियता बढे संगै धमाधम समातिदै लागु औषध कारोवारी ।

४

जंगली हात्तीबाट बस्ती सुरक्षीत गर्दै, उज्यालो नेपाल

५

अपाङ्गता भएका ब्यक्तिहरुको लागी २१ दिने निःशुल्क सिप मुलक तालिम संचालन

६


TOP