बर्दियामा करेन्ट लागेर ट्रकका सहचालकको मृत्यु
अफजल खान
बर्दिया,भदौ १९
करेन्ट लागेर ट्रक सहचालकको मृत्यु भएको छ । गुलरिया नगरपालिका–१२ भैसाही स्थित बिच बाटोमा रहेको विद्युत तारलाई पन्छाउने क्रममा करेन्ट लागेर बाँसगढी नगरपालिका–९ का ३० वर्षिय पुरन थारुको बिहीबार राती मृत्यु भएको हो । ट्रकमा काठ लोड गरी नेपालगंजतर्फ लैजाने क्रममा बिच बाटोमा रहेको तार ट्रकमा नछुन ट्रकमाथि चढेर पन्छाउने क्रममा बिहीबार राति सवा ८ बजे करेन्ट लागेर सहचालक थारु घाईते भएका थिए । बर्दिया अस्पतालमा उपचारको क्रममा घाईते थारुलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एवंम् सुचना अधिकारी रेशम बोहराले जानकारी दिनुभयो । बाँसगढी नगरपालिका–७ का ४६ वर्षिय रामप्रसाद थारुले चलाएको लु १ ख ५७४७ नंम्बरको ट्रक चलाएका थिए ।






