Trend
बिहिबार , फागुण २८, २०८२

४९ वर्षीय खान लामो समयदेखि लुम्बिनी क्षेत्रलाई केन्द्रमा राखेर सुशासन, वातावरण संरक्षण र दिगो विकासका विषयमा काम गर्दै आएका छन्। उनी स्थानीय तहमा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय थिए।

अफजल खान

लुम्बिनी  / रुपन्देही क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तौफिक अहमद खान प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार खानले ३८ हजार ८०६ मत प्राप्त गर्दै फराकिलो अन्तरले जित हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका खिमलाल भट्टराईले १३ हजार १०० मत प्राप्त गरे भने नेपाली कांग्रेसका भरतकुमार शाहले १२ हजार ६२४ मत पाए। यस्तै, नेपाल कम्युनिस्ट पार्टीका मुहम्मद वकील मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका छन्। खान विजयी भएपछि समर्थकहरूले मतगणना स्थल गैडहवा गाउँपालिका बाहिर होली खेलेर उत्सव मनाएका थिए।
४९ वर्षीय खान लामो समयदेखि लुम्बिनी क्षेत्रलाई केन्द्रमा राखेर सुशासन, वातावरण संरक्षण र दिगो विकासका विषयमा काम गर्दै आएका छन्। उनी स्थानीय तहमा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय थिए।
भारतको पण्डिचेरी विश्वविद्यालयबाट एमबीए अध्ययन पूरा गरेर नेपाल फर्किएका खानले विगत करिब १५ वर्षदेखि नगर शासन, वातावरणीय नीति, हरित पूर्वाधार, कार्बन न्यूनीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका क्षेत्रमा काम गर्दै आएका छन्।
निर्वाचन प्रचारका क्रममा उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वकै प्रमुख आध्यात्मिक तथा पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। पर्यटन विकासमार्फत स्थानीय नागरिकलाई रोजगारी र आर्थिक आत्मनिर्भरता दिलाउने उनको योजना रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP