Trend
शुक्रबार , भाद्र १२, २०८३

ज्ञानेन्द्र पोख्रेल

बर्दिया- बढैयाताल गाऊपालिका वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधी वडा नं ४ ले जित्न सफल भएको छ ।

यहि अषाढ ३ गते सम्पन्न फाईनल खेलमा वडा नं वडा नं ४ ले वडा नं २ लाई पराजित गरी वडा नं ४ प्रथम हुन सफल भएको हो भने वडा नं २ द्वितिय यसको थियो ।

बढैयाताल गाऊपालिका वडा नं ३ को आयोजनामा माछापुच्छ्रे युवा क्लव बढैयाताल वडा नं ३ को समन्वयमा यहि जेष्ठ २८ गते देखि बढैयाताल गाउपालिका वडा नं ३ भोलागौडीको खेल मैदानमा संन्चालन भएको मैत्रीपूर्ण नकआउट फुटबल प्रतियोगिता यहि अषाढ ३ गते समापन भएको थियो ।

यस वडा स्तरिय फुटवल प्रतियोगितामा बढैयाताल गाऊपालिका भित्र रहेका नौ वटै वडाका टिमहरू सहभागी रहेका थिए । खेल प्रति युवाहरु लाई आकर्षित गरी स्वस्थ्य जिवन शैली कायम राख्दै लागु औषध दुव्यसनी लगायतका कुलत बाट युवाहरु टाढै रहुन् भन्ने उद्देश्यका साथ यस प्रकारको फुटबल प्रतियोगिता को आयोजना गरिएको वडा नं ३ का वडा अध्यक्ष लल्लन अहिरले बताए साथै यस वडा स्तरिय फुटबल प्रतियोगिता मा प्रथम हुने टिमलाई नगद २० हजार र द्वितिय हुने टिम लाई नगद १० हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र ले सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

साईन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा ५० जना विपन्न र जेहेन्दार विद्यार्थीलाई अतिरिक्त पोशाक वितरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम


TOP