Trend
आइतबार , अषोज ४, २०८३

एकैदिन लागू औषधसहित पाँच जना पक्राउ

अफजल खान
बर्दिया,असोज १
जिल्लाको विभिन्न ठाउँबाट लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित प्रहरीले मंगलबार पाँच जनालाई पक्राउ गरेको हो ।
बाँसगढी नगरपालिका–९ माछागढ दक्षिण टोलस्थितबाट सोही ठाउँका २९ वर्षीय अनिल विक र २३ वर्षीय रमेश शाहीलाई प्रहरीले लागू औषधसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट २ ग्राम ९ सय ३० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र नगद रु १० हजार २ सय ७० फेला परेको छ । यस्तै गेरुवा गाउँपालिका–१ बिहानी बजारबाट सोही ठाउँका ३१ वर्षीय आशिक नेपालीलाई १ सय २० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
मधुवन नगरपालिका–९ धर्मबस्ती बेलडाडी स्थितबाट सोही ठाउँका २३ वर्षीय अश्मित परियार र २५ वर्षीय मनिष कार्कीलाई १ सय ८५ मिलिग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको जनाईएको छ । पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी एवंम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

रानीपुर , संघर्ष, बसाइँसराइ र सहअस्तित्वको सुन्दर बस्ती

बर्दियाको रामनगरमा परम्परागत हरेरी पूजा सम्पन्न


TOP