बर्दियामा गुड्दा गुड्दै ईभी हाइसमा आगलागी

अफजल खान
बर्दिया / गुडिरहेको अवस्थामा एक्कासी बारबर्दिया नगरपालिका-७ रम्मापुरस्थित ईभी हाइसमा आइतबार बिहान आगलागी भएको हो । प्रहरीका अनुसार सु.प.प्र. ०१-००२ ज ४३३ नम्बरको ईभी हाइस कोहलपुरदेखि कैलालीतर्फ गइरहेको अवस्थामा एक्कासि आगलागी भएको हो ।
आगलागी भएको ईभी हाइस कैलाली धनगढी उपमहानगरपालिका-३ का ३८ वर्षीय नरेन्द्र नेगीले चलाएका थिए । उक्त ईभी हाइसमा चालक र सहचालक मात्र रहेकोले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
आगलागी हुँदा ईभी हाइसमा राखिएको कागजपत्र र ४२ हजार रुपैयाँ जली नष्ट भएको प्रहरीले जनाएको छ ।






