लगातारको वर्षाका कारण खतराको चिन्ह पार गरेको कुलेखानीको २ वटा ढोका खोलेपछि सरोवरको जलसतह घटन थालेको कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

जलाशय भरिएर ओभरफ्लो हुँदा समेत १ हजार ५३१ मिटर पुगेको जलसतह हाल १ हजार ५३०.१० मिटर आइपुगेको उनले बताए ।

जलासयको दुवै ढोका आंशिक रूपमा खुला गरेपछि पानीको सतह घट्न थालेको हो । प्रमुख भट्टका अनुसार जलाशय भरिएपछि जल सतह घटाउन कुलेखानीको दुवै ढोका ४.५ मिटर खोलिएको थियो ।
उनका अनुसार समुन्द्री सतहदेखि १ हजार ५३० मिटर पानी सङ्कलनको क्षमता रहेको जलाशयमा आज बिहान ४:५० बजे १ हजार ५३१ मिटर पुगेको थियो । ड्यामको दुवै ढोका खोलेपछि अहिले बिहान ९:३० बजेसम्ममा जलसतह १ हजार ५३०.१० मिटरसम्म आइपुगेको छ ।

जलाधार क्षेत्रमा लगातार ठुलो पानी परिरहेकोले ड्यामको सुरक्षाको लागि २ वटै ढोका र विद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरिएको प्रमुख भट्टले बताए । सो कार्यबाट जलाशयको ३१ लाख क्युबिक मिटर पानी बाहिर पठाइएको उनको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP