Trend
शनिबार , भाद्र २७, २०८३

 

श्री गणेश बिद्यामंन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा फरकसमाचारकर्मी कृष्ण प्रसाद भुसाल निर्वाचित भएका छन् । गुलरिया नगरपालिका–१ शंकरबस्ती स्थित श्री गणेश बिद्यामंन्दिर आविको व्यवस्थापन समितिको अध्यक्षमा फरकसमाचारकर्मी भुसाल सोमबार निर्वाचित भएका हुन् । विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको लागि गत ९ गते मतदान भएको थियो । मतदानमा दुई वटा प्यानल सहभागिता जनाएका थिए ।

मतदान प्रक्रियाबाट कृष्ण प्रसाद भुसाल, तुल बहादुर शाही, हिमा टमटा र रन्जना बन्जारा निर्वाचित भएका थिए । भुसालको प्यानल जम्मा १ सय ९९ मतमा १ सय ५० मत प्राप्त गरि गरि विजयी भएको थियो । निर्वाचन प्रक्रियाबाट चार, दुई जना मनोनित र तीन जना वडा प्रतिनिधि गरि नौ सदस्यीयको सर्वसहमतमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोमबार भुसाल चयन भएका छन् ।

विव्यसको नयाँ निर्वाचित पदाधिकारीहरुको तीन वर्षको कार्यकाल रहनेछ । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष भुसालले बताएका छन् ।दश वर्षपछि विद्यालयमा निर्वाचन प्रक्रियामार्फत अध्यक्षमा भुसाल चुनिएका छन् । तीन कार्यकाल सर्वसहमतमा बितेको थियो । यस अघि झलक मान हमाल गणेश बिद्यामंन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP