श्री गणेश बिद्यामंन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा फरकसमाचारकर्मी कृष्ण प्रसाद भुसाल निर्वाचित भएका छन् । गुलरिया नगरपालिका–१ शंकरबस्ती स्थित श्री गणेश बिद्यामंन्दिर आविको व्यवस्थापन समितिको अध्यक्षमा फरकसमाचारकर्मी भुसाल सोमबार निर्वाचित भएका हुन् । विद्यालय व्यवस्थापन समितिको पदाधिकारीको लागि गत ९ गते मतदान भएको थियो । मतदानमा दुई वटा प्यानल सहभागिता जनाएका थिए ।

मतदान प्रक्रियाबाट कृष्ण प्रसाद भुसाल, तुल बहादुर शाही, हिमा टमटा र रन्जना बन्जारा निर्वाचित भएका थिए । भुसालको प्यानल जम्मा १ सय ९९ मतमा १ सय ५० मत प्राप्त गरि गरि विजयी भएको थियो । निर्वाचन प्रक्रियाबाट चार, दुई जना मनोनित र तीन जना वडा प्रतिनिधि गरि नौ सदस्यीयको सर्वसहमतमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सोमबार भुसाल चयन भएका छन् ।

विव्यसको नयाँ निर्वाचित पदाधिकारीहरुको तीन वर्षको कार्यकाल रहनेछ । विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन प्राथमिकता दिने नवनिर्वाचित अध्यक्ष भुसालले बताएका छन् ।दश वर्षपछि विद्यालयमा निर्वाचन प्रक्रियामार्फत अध्यक्षमा भुसाल चुनिएका छन् । तीन कार्यकाल सर्वसहमतमा बितेको थियो । यस अघि झलक मान हमाल गणेश बिद्यामंन्दिर आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP