Trend
शनिबार , भाद्र २७, २०८३

राम प्रसाद चौहान

बर्दिया,असोज १८‍
नजिकिदै गरेको विजया दशमी, दिपावली तथा छठ पर्वलाई लक्षित गरि जिल्लाको पाँच ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

जिल्लाको मुख्य मुख्य पाँच ठाउँमा यात्रु सहायता कक्ष बिहीबार स्थापना गरिएको हो । गुलरिया नगरपालिका–७ बसपार्क स्थित स्थापना भएको यात्रु सहायता कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्घाटन गरेकी छन् ।

चाडपर्वको बेला सार्वजनिक सवारी साधनहरुमा बढी भिडभाड हुन्छ । क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने बढी सम्भावना पनि हुन्छ । त्यसैगरी मौकाको फाइदा उठाएर यात्रुसंग बढी भाडा आसुल्ने र गाडीमा छुटेको सामान यात्रुले नपाउने जस्ता घटना हुन सक्छ ।

यस्ता समस्यालाई मध्यनजर गरि सवारी साधनमा हुने भिडभाड व्यवस्थापन, यात्रु तथा सवारी धनिलाई परेको समस्यालाई सुल्झाउन यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्काले बताए ।

गुलरिया बसपार्क, भुरीगाउँ, राजापुर,बाँसगढी र सानोश्रीमा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रमुख खड्काले जनाए ।
यात्राको क्रममा हाम्रा स्टाफले गरेको व्यवहारलगायतका समस्याहरु यात्रुहरुले स्थापना भएको सहायता कक्षमा सल्लाह सुझावको रुपमा राख्न सक्ने बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका संरक्षक शम्भु प्रसाद रिजालले बताए । ‘यसरी यात्रुहरुले राखेको समस्याहरु हामीलाई समाधान गर्न मद्दत पुग्छ,’ संरक्षक रिजालले भने,‘हामीले बाईपासको बाटो प्रयोग गर्छौ तर, शनिबार र मंगलबार हाट बजारले गर्दा बाटोमा बढी भिडभाँड हुन्छ ।

’ यो समस्याले गर्दा कुनै दिन अप्रिय घटना हुनसक्ने सम्भावना छ । यो समस्यालाई मध्यनजर गरि पिच बाटो प्रयोग गर्न व्यवस्था मिलाईदिन संरक्षक रिजालले प्रजिअ शर्मालाई आग्रह गरे ।
गुलरियाको बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘जिल्लाको पाँच वटा स्थानमा यात्रु सहायता कक्षको स्थापना भएको छ,’प्रजिअ शर्माले भनिन्,‘आवश्यक सल्लाह सुझावको आधारमा आवश्यक स्थानमा थप सहायता कक्ष स्थापना गर्न सकिन्छ ।

’ नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरि यात्रु सहायता कक्ष स्थापना भएको भनाई राखिन् । यात्रुहरु आफ्नो ठाउँबाट गन्तव्यमा पुग्नको लागि कुनै असुविधा नहोस्, सवारी साधन नपाउने, बढी भाडा लिने समस्या नहोस् र यात्रुलाई यात्रामा सहजीकरण होस् भन्ने उदेश्यले सहायता कक्ष स्थापना भएको प्रजिअ शर्माले धारणा राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP