Trend
शनिबार , भाद्र २७, २०८३

 

काठमाडौं: हिन्दु नेपालीहरूको ठूलो चाड बडादशैं सुरु भइसकेको छ । चाडबाडको यो समयमा धेरैजसोको घरमा मासुका विविध परिकारहरु पाक्ने गर्दछ । अन्य समयको तुलनमा दशै तिहारको समय आफ्नो स्वास्थ्यको ख्यालै नगरी विविध परिकारसँगै धेरैनै मासु खाने गरिन्छ । तर, यही हाम्रो बानीले हाम्रो स्वास्थ्य बिग्रन्छ र हामी बिरामी पछौं ।

दशैंमा हामीले खानपिनमा सामान्य ध्यान नदिँदा उच्च रक्तचाप, मुटु, मधुमेह र पेटजन्य समस्याका साथै झाडावान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने तथा ग्यास्ट्रिकका बिरामीको संख्यामा पनि उल्लेख्य वृद्धि हुन सक्छ । त्यसकारण, मासुको सावधानीपूर्ण र सन्तुलित प्रयोग आवश्यक छ ।

मासुमा सबभन्दा धेरै १४ प्रतिशतदेखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिंक, भिटामिन बि, पोटासियमजस्ता तत्वहरू पनि पाइन्छन् । शरीरका लागि यी अति आवश्यक तत्वहरू हुन् । सन्तुलित भोजनका लागि मासु अनिवार्य नै मानिन्छ । तर, सही प्रयोग नगरेको खण्डमा यसबाट प्राप्त हुने तत्वहरू पाउन सकिँदैन ।

राम्ररी, सुरक्षित ढंगले राख्न जानिएन भने मासुमा सुरुमै अनेक रोग उत्पन्न गराउने जिवाणुहरु उत्पन्न हुन्छन् । सुरक्षित ढंगले राखिएको मासु पनि विभिन्न शारीरिक अवस्था वा उमेरकाहरुले कस्तो, कसरी, कसरी खाने भन्ने कुरा अहम् हुन्छ ।

के कुरामा ध्यान दिने त ?

. पोलेको मासु सकेसम्म नखाने । किनकि पोलेको मासु राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना अत्यधीक हुन्छ ।

. राम्ररी पखालेको र पाकेको मासुमात्र खाने

. बोसो र छालारहित मासु प्रयोगमा जोड दिने

. अस्वस्थ्य तथा बिरामी पशुपन्छीको मासु नखाने

. मसला र तेलीय पदार्थ कम प्रयोग गर्ने

. बासी तथा खुल्ला स्थानमा राखेको मासु नखाने

. घरमा आफैंले मासु तयार पार्दा सरसफाइमा ध्यान दिने

. सकेसम्म मासुको प्रयोग गर्दा अधिकतम हरियो सागसब्जी पनि खाने

दसैँमा त पेटभरी मासु खाने हो भन्ने धारण अहिले पनि व्याप्त छ । शरीरको आवश्यकता भन्दा बढी मासुखाँदा स्वास्थ्य बिग्रने प्रायः निश्चित छ । चाडबाडको बेलामा खानपानमा ध्यान नदिँदा अस्पताल पुग्नुपर्ने अवस्था आउन सक्छ । नमिलाइकन खाएको खानपानले स्वास्थ्यमा असर गर्दछ । त्यसैले खानपानमा उचित ध्यान दिनु आवश्यक छ ।साभारस्वस्थपेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP