बार्दिया/ बर्दियाका युवा चर्चित नेता जन्मजय तिमिल्सिना लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका छन् । तिमिल्सिना सामाजिक विकास मन्त्रालयको मन्त्री बनेका हुन् । बर्दिया क्षेत्र नंम्बर २ को (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिना जिल्लाको समग्र क्षेत्रको विकासको लागि सदनमा बुलन्द आवाज उठाउने मध्येमा पर्छन् ।

तिमिल्सिना विगत देखि नदि नियन्त्रण, मानव र वन्यजन्तु बिच अन्तर द्वन्द्व समाधानलगायत विकासका काममा सक्रिय भुमिका देखाउँदा जिल्लावासी माँझ तिमिल्सिना लोकप्रिय मानिन्छन् ।

बर्दियाबाट लुम्बिनी प्रदेशमा तिमिल्सिना मन्त्री हुनु जिल्लावासीको लागि सुखद रहेको सर्वसाधारणको भनाई छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुर्नगठन गरेको जानकारी गराउँदै प्रदेश प्रमुखलाई जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशले तीन जना नयाँ मन्त्री थपेको छ । नेपाली काँग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना, पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पाटीबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेको उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जनाएका छन् ।

सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरुको आज बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP