Trend
शनिबार , भाद्र २७, २०८३

बार्दिया/ बर्दियाका युवा चर्चित नेता जन्मजय तिमिल्सिना लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका छन् । तिमिल्सिना सामाजिक विकास मन्त्रालयको मन्त्री बनेका हुन् । बर्दिया क्षेत्र नंम्बर २ को (क) बाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सिना जिल्लाको समग्र क्षेत्रको विकासको लागि सदनमा बुलन्द आवाज उठाउने मध्येमा पर्छन् ।

तिमिल्सिना विगत देखि नदि नियन्त्रण, मानव र वन्यजन्तु बिच अन्तर द्वन्द्व समाधानलगायत विकासका काममा सक्रिय भुमिका देखाउँदा जिल्लावासी माँझ तिमिल्सिना लोकप्रिय मानिन्छन् ।

बर्दियाबाट लुम्बिनी प्रदेशमा तिमिल्सिना मन्त्री हुनु जिल्लावासीको लागि सुखद रहेको सर्वसाधारणको भनाई छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीपरिषद् पुर्नगठन गरेको जानकारी गराउँदै प्रदेश प्रमुखलाई जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेशले तीन जना नयाँ मन्त्री थपेको छ । नेपाली काँग्रेसको तर्फबाट बर्दियाका जन्मजय तिमिल्सिना, पश्चिम नवलपरासीका देवकरण कलवार तथा जनता समाजवादी पाटीबाट बाँकेका आदेशकुमार अग्रवाललाई मन्त्रीको रुपमा सिफारिस गरेको उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले जनाएका छन् ।

सिफारिस भएका नयाँ मन्त्रीहरु नेपाली काँग्रेसका जन्मजय तिमिल्सिनालाई सामाजिक विकास, कांग्रेसकै देवकरण कलवारलाई वन तथा वातावरण मन्त्रालय र जसपाका आदेशकुमार अग्रवाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरुको आज बिहीबार बिहान ८ बजे प्रदेश प्रमूखको कार्यालय बुटवलमा शपथ ग्रहण गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP