Trend
बुधबार , कार्तिक २०, २०८२
ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,कार्तिक ९
जुवातास खेलेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० थारुपर्सियाबाट प्रहरीले बिहीबार पाँच जनालाई पक्राउ गरेको हो ।

गुलरिया नगरपालिका–१० नोखे थारुको खेतमा जुवातास खेलिरहेको गोप्य सुचनाको आधारमा प्रहरी परिचालन भएका थिए । जुवाखालबाट तास र नगद फेला परेको प्रहरीले जनाएको छ । कति नगद फेला परेको प्रहरीले खुलाएको छैन ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१० का ५० वर्षिय दुलारी यादव, ४५ वर्षिय राम लखन थारु, ३४ वर्षिय उपेन्द्र थारु,३७ वर्षिय निसार बेहना र गुलरिया वडा नंम्बर ८ का ३७ वर्षिय सुरज कुमार थारु रहेका छन् ।

पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप भई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP