Trend
बिहिबार , माघ २, २०८२

बर्दिया,कार्तिक १३/ए.बि.पि न्युज नेपाल संवादाता
भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मधुवन नगरपालिका–३ नेपाल भारत सिमाना नजिक कोठिया सामुदायिक जंङ्गलबाट आइतबार तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा राजापुर नगरपालिका–१० नर्सरीका ६३ वर्षिय चन्द्र बहादुर भण्डारी, पहाडीपुरका ३८ वर्षिय शुकुमराज चौधरी र कर्मनीका ५६ वर्षिय श्याम कुमार गौतम रहेका छन् ।

उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, कार्टिज एक थान, टर्च एक र एउटा सादा मोबाईल फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP