बर्दिया, कार्तिक १५ गते / सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाको प्राङ्गणमा निषेधित सामाग्री आतिवसवाजी पटाका नष्ट गरिएको छ । बर्दिया सशस्त्र प्रहरी नेपाल नं. ३१ गण तथा मातहतका युनिटहरुबाट सिमा ईलाकामा डिउटीमा खटिएको टोलिले भारतबाट लुकिछिपी नेपाल तर्फ ल्याउदै गरेका आतिसवाजी पटाका नियन्त्रणमा लिइएको थियो ।

नेपालमा विक्रि वितरणका लागि प्रतिबन्धित पटाकाहरु खाल्डो खनेर अन्दाजी मुल्य रु. १ लाख ३ हजार १ सय रुपैया बराबरको सामाग्री नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गणका गणपति चित्राङ्ग दाहालले जानकारी दिनु भएको छ ।

विहिवार नेपाल पत्रकार महासंघका अध्यक्ष यादव प्रसाद आचार्य तथा संचारकर्मीहरुको रोहवरमा सशस्त्र प्रहरी बल ३१ नं हेड क्वाटर बर्दियाले पटाकाहरु गणको परिसर भित्र खाल्डो खनेर पानी हाली डिस्पोज गरिएको हो ।

सरकारले पटाका विक्री वितरण र प्रयोगमा रोक लगाएपछि सशस्त्र प्रहरी बलले विभिन्न ५ ठाउमा चेकजाँच गरेर पटाका बरामद गरेको हो । बर्दियाबाट भित्रिने पटाकाहरु राजधानी लगाएत पहाडी बजारहरु सम्म पुग्ने गरेकाले यसपटक प्रहरीले राजमार्गहरुमा समेत चेकजाँच थालेको छ ।

  • दशैपछि र छठसम्म करिब २० दिन हुने पटाका ब्यापारबाट बर्दिया सिमावर्ती बजारहरुमा लाखौैको कारोबार हुने गरेको छ । सुरक्षाकर्मीहरुले तदरुकताका साथ काम गरिरहेका कारण गत बर्षहरुको तुलनामा यसपटक बर्दियामा पटाका जन्य बस्तुहरु कम पटिएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP
सोमंबुबिशु