Trend
बुधबार , कार्तिक २०, २०८२

ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,कार्तिक २३
अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका–८ ककौराका ५९ वर्षिय दिर्घ नारायण पंगेनीको बिहीबार साँझ ६ बजे मृत्यु भएको हो । बाँसगढी नगरपालिका–४ मटेरिया चोक स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत बिहीबार दिउँसो लक्ष्मणा देखि बाँसगढी तर्फ जाँदै गरेको भे १ च ४६८ नंम्बरको अटो अनियन्त्रित भई सडक देखि पाँच मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाँसगढी नगरपालिका–६ का ५० वर्षिय चिल्ला थारुले मादक पदार्थ सेवन गरि सो अटो चलाएको प्रहरीको भनाई छ । दुर्घटना हुँदा अटोमा सवार दिर्घ नारायण पंगेनी र स्याङ्जाकी ७० वर्षिय यशोदा पंगेनी गम्भिर घाईते भएका थिए भने अन्य पाँच जना सामान्य घाईते भएका थिए । दुई गम्भिर घाईतेलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पु¥याईएको थियो ।

उपचारको क्रममा बिहीबार साँझ ६ बजे दिर्घ नारायण पंगेनीको मृत्यु भएको र सोही अस्पतालमा यशोदा पंगेनीको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घाईते पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । अटो चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP