Trend
बिहिबार , जेठ २८, २०८३

ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया,कार्तिक २३
अटो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।बाँसगढी नगरपालिका–८ ककौराका ५९ वर्षिय दिर्घ नारायण पंगेनीको बिहीबार साँझ ६ बजे मृत्यु भएको हो । बाँसगढी नगरपालिका–४ मटेरिया चोक स्थित पुर्व पश्चिम राजमार्ग अन्तर्गत बिहीबार दिउँसो लक्ष्मणा देखि बाँसगढी तर्फ जाँदै गरेको भे १ च ४६८ नंम्बरको अटो अनियन्त्रित भई सडक देखि पाँच मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बाँसगढी नगरपालिका–६ का ५० वर्षिय चिल्ला थारुले मादक पदार्थ सेवन गरि सो अटो चलाएको प्रहरीको भनाई छ । दुर्घटना हुँदा अटोमा सवार दिर्घ नारायण पंगेनी र स्याङ्जाकी ७० वर्षिय यशोदा पंगेनी गम्भिर घाईते भएका थिए भने अन्य पाँच जना सामान्य घाईते भएका थिए । दुई गम्भिर घाईतेलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पु¥याईएको थियो ।

उपचारको क्रममा बिहीबार साँझ ६ बजे दिर्घ नारायण पंगेनीको मृत्यु भएको र सोही अस्पतालमा यशोदा पंगेनीको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घाईते पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । अटो चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP