Trend
बिहिबार , जेठ २८, २०८३

राम प्रसाद चौहान
बर्दिया,मंसिर ४

डिभिजन वन कार्यालय बर्दियाले चार महिनामा ७३ वटा सर्पको उद्दार गरेको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष ०८१÷०८२ को साउन देखि हालसम्म विभिन्न प्रजातिका ७३ वटा सर्पको उद्दार गरेको हो ।

जाडो मौसम सुरु भएपनि सर्प देखिन छोडेका छैनन् । गुलरिया नगरपालिका–१ शंकरबस्ती स्थित कृष्ण प्रसाद भुसालको घरमा गत मंगलबार साँझ डरलाग्दो गोमन सर्प भेटिएको छ । भेटिएको गोमन सर्पको डिभिजन वन कार्यालयको टोलीले उद्दार गरेको हो ।

पछिल्लो समयमा सर्पदंशका घटना पनि बढ्दै गएको देखिन्छ । सर्पले टोकेको थाहा नपाउँदा मानिसहरुले ज्यानसमेत गुमाउनु परेको छ । जलवायु परिवर्तनको कारण जुनसुकै मौसममा विषालु सर्प देखिन थालेको अनुमान छ ।
मानव बस्ती वा घरमा भेटिएका सर्पको उद्दारमा डिभिजन वन कार्यालयले चासो देखाएको पाईन्छ ।

सर्पले गर्दा मानवलाई नोक्सान नपुगोस् भनेर बस्ती वा घरमा सर्प भेटिएको खबर पाउने बित्तिकै डिभिजन वन कार्यालयको टोली उद्दारको लागि दौडिन्छ ।
चालु आर्थिक वर्षको साउन देखि हालसम्म ७३ वटा सर्प उद्दार गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राम कुमार चौधरीले बताए ।

‘४० वटा सर्प विषालु र ३३ वटा अविषालु सर्प चार महिनामा उद्दार गरिएको छ,’सुचना अधिकारी चौधरीले भने,‘विषालु सर्पमा गोमन, करेट, रसल भाइपर र अविषालुमा धामान, पानी सर्प र अजिङ्गर उद्दार गरिएको छ ।’ उद्दार गरिएका सर्पको प्रजाति हेरि सुरक्षित स्थानमा लगेर छोडिन्छ । सर्प बाहेक एउटा मगरगोही र ३ वटा सुनगोहरा उद्दार गरिएको सुचना अधिकारी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP