ए.बि.पि न्युज नेपाल संवादाता

बर्दिया, मंसिर १० गते / बर्दिया कप क्रिकेट टिटन्टी प्रतियोगिताको आज मङ्सिर १० गते भएको पहिलो खेलमा जनजागृति युवा क्लब मधुवनले बर्दिया क्रिकेट एकेडेमी (बि)लाई ३० रनले पराजित गरेको छ।

ढिलो गरी गेम सुरु भएपछि १७ ओभर छुट्याएको खेलमा बर्दिया क्रिकेट एकेडेमी (बि)ले टस जितेर फिल्डिङ रोजेको थियो। टस हारेर पहिलो ब्याटिङ गर्न आएको जनजागृति युवा कप मधुबनले निर्धारित १७ ओभरमा निखिल खत्रीको विस्फोटक ५५ रनको मद्दते सात विकेटको क्षतिमा १ सय २८ रनको विशाल स्कोर खडा गरेको थियो।

६ बलमा ६ छक्का प्रहार गर्दै म्यान अफ द म्याच भएका निखिल खत्री/ तस्बिर-दीपकलाल श्रेष्ठ

निखिलले बर्दिया एकेडेमी का कप्तान निश्चल बगालेको एक ओभरमा छ छक्का प्रहार गरेका थिए। यसै गरि राहुल मण्डलले २६ बलमा २६ रन अभिषेक राठोरले १२ बलमा १३ रनको योगदान दिएका थिए। बर्दिया एकेडेमीको बलिङतर्फ सम्यक थापाले ३ ओभरमा १४ रन दिएर दुई विकेट लिएका थिए भने जुनेर खानले ४ ओभरमा १९ रन दिएर दुई विकेट लिए।

१ सय २९ रनको विजयी लक्ष्य लिएर आएको बर्दिया एकेडेमी बिले १६ ओभरमा ९८ रनमा अलआउट हुदा जनजागृति युवा क्लब मधुवन ३० रनले विजयी भयो। बर्दिया एकेडेमीको तर्फबाट कमल बिष्टले ३१ बलमा ४४ रन बनाए भने सरोज भगवानले २० बलमा २१ रनको योगदान दिए।

बलिङ तर्फ जनजागृति युवा क्लब मधुवनका तर्फबाट निखिल खत्रीले ४ ओभरमा १९ रन दिएर २ विकेट लिए । साथै समिर रानाले दुई ओभरमा १२ रन दिएर एक विकेट लिन सफल भएका थिए।

आजको खेलमा आकर्षक ५५ रन र बलिङ गर्दै २ विकेट लिएका जनजागृति युवा क्लबका निखिल खत्री म्यान अफ द म्याच घोषित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP