Trend
बुधबार , कार्तिक २०, २०८२

गुलरिया, मंसिर १३ गते / बर्दियाको गुलरियामा घरमै पुगेरहरूको स्वास्थ्य जाँचको सुरुवात गरिएको छ।

गुलरिया नगरपालिका वडा नम्बर ६ ले आफ्नो बडामा बसोवास गर्ने जेष्ठ नागरिकहरुको घरमै पुगेर स्वास्थ्य जाँचको शुरुवात गरेको छ । वडाको पहलमा वडाका जेष्ठ नागरिकहरुको मासिक स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत घरमै पुगेर जेष्ठ नागरिकहरूको स्वास्थ्य जाँच सुरुवात गरिएको गुलरिया नगरपालिका वार्ड नम्बर ६ का वडाध्यक्ष शुधान्सु प्रकाश शर्माले बताए ।

वडा नम्बर ६ कार्यालयका स्वास्थ्यकर्मीहरु जेष्ठ नागरिकको घरमै पुगेर प्रेसर, सुगर, तथा सामान्य स्वास्थ्य परिक्षण निःशुल्क रुपमा उपलब्ध गराईएको समेत शर्माले जानकारी दिए । स्वास्थ्य परीक्षणकै क्रममा स्वास्थ्य शाखामा उपलब्ध भएका विरामीलाई औषधीहरु पनि उपलब्ध गराउँदै आएको शर्माले भने ।

वडाले यस पटक कार्यक्रमलाई परिक्षणका रुपमा अघि बढाएकोले आउँने बर्षहरुमा थप सुधारगर्दै लैजाने र कसैको घर आँगनमा वडाका स्वास्थ्य कर्मचारी नपुगेको भए वडा गुलरिया नगरपालिका नम्बर ६ का स्वास्थ्य शाखामा सम्पर्क गर्न या वडाका कुनै पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न वडा अध्यक्षले अनुरोध गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP