Trend
शनिबार , भाद्र २७, २०८३

ठाकुरबाबा, मंसिर १७ गते / बर्दियाको ठाकुराको नगरपालिका वार्ड नं ४ मा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवार अमिन थारु विजयी भएका छन्।

नेपाली काङ्ग्रेसका उम्मेदवार अमिन थारु १ हजार ४३ मत ल्याएर विजयी भएका छन । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार शेर बहादुर थारु ६ सय ७८ मत प्राप्त गरे भने नेकपा एमालेका उम्मेदवार विष्णुप्रसाद देवकोटा ३ सय ३७ मत प्राप्त गरे । साथै नागरिक उन्मुक्ति पार्टी प्रितिलाल थारुले ७० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका रत्न बहादुर शाहीले ५२ मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका बासुदेव शर्मा १७ मत प्राप्त गरे भने ४० मत बदर भएको थियो । विजयी अमिन थारु र २०७९ को स्थानीय निर्वाचनमा ठाकुरबाबा नगरपालिकाबडा नं ४ को वडा सदस्यमा विजयी भएका थिए । नेपाली काङ्ग्रेसले अमिन थारुलाई वडा सदस्यबाट राजीनामा दिन लगाएर वडा अध्यक्षको उम्मेदवार बनाएको थियो।

२०७९ सालको स्थानीय निर्वाचनमा ठाकुरबाबा नगरपालिका वार्ड नं ४ को वडाध्यक्ष पदमा विजयी नेपाली कांग्रेसका उम्मेदवार सूर्यबहादुर बिष्ट जिल्ला समन्वय समिति बर्दियाको प्रमुख भएसँगै वडाध्यक्ष पद रिक्त रहेको थियो।

कुल मत ३ हजार ५ सय १० मतदाता सङ्ख्या रहेको यस वडामा हिजो भएको मतदानमा ६३ दशमलव ७९ प्रतिशत २ हजार २ सय ३९ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP