Trend
शनिबार , भाद्र २७, २०८३

ए.बि.पि न्युज नेपाल 
बर्दिया,पौष ४

मिसेस नेपाल वल्र्ड २०२४ की बिजेता बर्दियाकी चेली(बुहारी) डा.डेनिला कार्कीले विद्यार्थी तथा सर्वसाधारणको स्वास्थ्य जाँच गरेकी छन् ।

गुलरिया नगरपालिका–७ श्री हिमाली आधारभूत विद्यालय चौगुर्जीमा अध्ययनरत विद्यार्थी तथा स्थानीय सर्वसाधारणको बुधबार डा. कार्कीले निःशुल्क दाँत चेकजाँच गरेकी हुन् । गुलरिया नगरपालिका–७ हुलाक चोक स्थित घर भई हाल काठमाडौंमा कार्यरत डा.कार्की स्वास्थ्य सचेतना अभियानमा अग्रसर देखिएकी छन् ।

स्वास्थ्य सचेतना अभियानका क्रममा काठमाडौंका अधिकांश विद्यालयमा पुगेको डा.कार्कीले बताउँछिन् । ‘सोही क्रममा आफ्नै गाउँ ठाउँमा पनि पुगेको छु,’डा.कार्कीले भनिन्,’सामाजिक सेवाको कार्य गरेर आत्मसन्तुष्टि मिल्छ ।’ गुलरिया नगरपालिका–७ हुलाक चोक स्थित घर भई हाल काडमाडौंमा कार्यरत डा.रोजनराज भण्डारीकी श्रीमति डा.डेनिला कार्की विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिताकी बिजेता हुन् ।

मिसेस नेपालकी बिजेता डा.कार्कीले विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँच गरेर सह्रानिय काम गरेको गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताए ।
गुलरिया नगरपालिका–७ नं. वडा कार्यालयको समन्वय तथा आरबि अर्थोडोन्टिक्स् एण्ड डेन्टर किल्निकको सहयोगमा डा. कार्कीले निःशुल्क शिविर आयोजना गरेकी थिईन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको दाँत चेकजाँच गर्नुका साथै दैनिक दाँत माझ्नेलगायत सरसफाई सम्बन्धि बिद्यार्थीलाई सचेत गराएकी छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कापी, कलम, ब्रस र मन्जनसमेत डा.कार्कीले वितरण गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP