Trend
बिहिबार , माघ २, २०८२

Atv news
बर्दिया,पौष १८

दोहोरो नागरिकता लिन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बढैयाताल गाउँपालिका–८ की रिता थारु बुधबार पक्राउ परेकी हुन् । थारुले झुठो विवरण पेश गरेर दोहोरो नागरिकता लिन खोजेको आरोप छ ।

विस २०७५ सालमा थारुले नागरिकता लिईसकेको रेकर्ड रहेको सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले बताए । ‘थारुले अर्को नागरिकता लिन झुठो कागजात जुटाएर प्रशासन पुगेकी थिईन्,’सहायक प्रजिअ कठायतले भने,‘तीन चार दिन देखि थारु निरन्तर धाईरहेकी थिईन् ।

’ प्रारम्भिक अनुसन्धानमा दोहोरो नागरिकता लिन खुलेको जनाए । महिलालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको सहायक प्रजिअ कठायतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

पाँच घरमा आगजनी गर्नेविरुद्ध कारबाही सुरु, दश जनामाथि मुद्दा दर्ता

गुलरियाको पर्सिया गाउँमा ५ घरमा योजनाबद्ध आगजनी, दोषीमाथि कडा कारबाहीको माग

प्रधानमन्त्री सुसिला कार्कीले मुस्लिम महिलासम्बन्धी दिएको अभिव्यक्ति

बढैयातालको मैनापोखरमा रास्वपा बर्दिया क्षेत्र नं. १ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

पतिको सम्झनामा निरन्तर सामाजिक सेवामा सिर्जना सुबेदी

संरक्षक बनेर वडा अध्यक्षले गरे असहाय बालिकाको नागरिकता सुनिश्चित


TOP