Atv News
बर्दिया,पौष १८

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायत सिङ्गो जिल्ला सुरक्षा समितिले नेपाल पत्रकार महासंघका नवनिर्वाचि पदाधिकारीलाई स्वागत गरेको छ ।

जिल्ला सुरक्षा समितिले बुधबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाका नवनिर्वाचित अध्यक्ष निर्मल घिमिरेलगायत कार्यसमितिलाई स्वागत गरेको हो ।

प्रजिअ शर्मा, सहायक प्रजिअ रोशन कुमार कठायत, नेपाल प्रहरी उपरीक्षक केदार खनाल, सशस्त्र प्रहरी उपरीक्षक चित्राङ्गत दाहाल र राष्ट्रिय अनुसन्धानका उपरीक्षक पवन जोशीले नवनिर्वाचित पदाधिकारीलाई खादा, टिका र फूलका गुच्छा दिएर सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

५७औं प्रजिअको जिम्मेवारीमा रहेकी प्रजिअ शर्माले अग्रज तथा सक्रिय पत्रकारलाई पनि खादा लगाएर लुकेर रहेका कुरालाई बाहिर ल्याई सुसुचित गर्न तथा जिम्मेवार निकायलाई थप जिम्मेवार बनाउन अनुरोध गरिन् । प्रजिअले पत्रकारलाई बोलाएर यसरी स्वागत र सम्मान गरेको पहिलो रेकर्ड रहेको वरिष्ठ पत्रकार कमल पन्थीले सुनाए ।

जिम्मेवारी सम्हाले देखि पत्रकारहरुको सहयोग पाईरहेको प्रजिअ रुद्रादेवी शर्माले बताईन् । ‘जिल्लाको शान्ति सुरक्षा कायम गर्न पत्रकारहरुको सहयोग मिलेको छ,’प्रजिअ शर्माले भनिन्,‘व्यवसायीक पत्रकारिता गर्ने सक्रिय युवाहरुको नयाँ कार्य समिति आएको छ ।’ आगामी दिनमा पनि समन्वय र सहकार्यले निरन्तरता पाउने विश्वास छ ।

सर्वसाधारणलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन र सरकारी कार्यालयको प्रभावकारी सेवा प्रवाह गर्न र सुशासनको लागि पत्रकारहरुको निरन्तर सहयोगको आवश्यकता रहेको प्रजिअ शर्माले भनाई राखिन् ।

सिडिओ साबले नवनिर्वाचि कार्य समितिलाई बोलाएर स्वागत गर्दा काम गर्ने थप उर्जा मिलेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘शान्ति सुरक्षालाई खलल पुग्ने पत्रकारहरुबाट कुनै किसिमको काम हुदैन,’अध्यक्ष घिमिरेले भने,‘पत्रकार आचारसंहिता भित्र रहेर व्यवसायीक पत्रकारिता गरिरहेका पत्रकार साथीहरुलाई सुचनाको लागि सहजताको वातावरण मिलाउन आग्रह छ ।’

आगामी दिनमा पत्रकार महासंघ र सुरक्षा समिति बिच सुमधुर सम्बन्ध रहने अध्यक्ष घिमिरेले विश्वास दिलाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP