Trend
बिहिबार , कार्तिक २१, २०८२

Atv News
बर्दिया,पौष २३

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । राजापुर नगरपालिका–६ का १९ वर्षिय टोपेन्द्र बुढाको मंगलबार दिउँसो मृत्यु भएको हो ।

गुलरियाबाट राजापुरतर्फ जाँदै गरेको भे १३ प ४३०३ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई मधुवन नगरपालिका–४ हुलाकी सडक गम्मका चोक स्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना घाईते भएका थिए । घाईतेलाई उपचारको लागि प्रहरीले बर्दिया अस्पताल पु¥याईएको थियो ।

उपचारको क्रममा बुढालाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्ति मगरले जानकारी दिए । उनका अनुसार मृतक बुढा मोटरसाइकलको पछाडि सवार थिए ।

मोटरसाइकल चालक बाँके राप्ती सोनारी गाउँपालिका–१ का ३४ वर्षिय छत्र बहादुर बिष्टलाई थप उपचारको लागि बाँके पठाईएको डिएसपी मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP