Trend
बिहिबार , कार्तिक २१, २०८२

Atv News

भावुक याेगी, बर्दिया, पुस २८

बर्दियाको ठाकुरबाबा नगरपालिकामा पाटे बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । मुक्तिपुर सामुदायिक वन किनारकाे चरिचरण क्षेत्रकाे चाैरमा बाख्रा चराउन जानुभएकी ठाकुरबाबा नगरपालिका ७ कि महिलाको पाटे बाघको आक्रमणबाग ज्यान गएको हो ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ शुन्दरपुर गाउँकी ४० वर्षिया पदमकला थापाकाे पाटे बाघको आक्रमणबाट ज्यान गएको ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष कलम विष्टले जानकारी दिनुभयो ।

ठाकुरबाबा नगरपालिकाका मेयर तिकराम लम्सालले बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीय सहितकाे टाेलि लिएर बाघले आक्रमण गरेकाे ठाउँदेखि झन्डै ७ मिटर भित्र गएर शव ल्याएकाे वडा अध्यक्ष विष्टले बताउनुभयो ।

पाटे बाघले आक्रमण गरी घिसार्दै लैजाने क्रममा ओराही खाेला नजिकबाट हाेहल्ला गर्दै टाेलीले शव ल्याएका हुन् । शव पाेष्टमार्टमका लागि सदरमुकाम गुलरिया लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

बकुवा नजिक मुक्तिपुर सामुदायिक वन किनारकाे चरिचरण क्षेत्र चाैरमा बाख्रा चराउने क्रममा आज दिउँसो पाटे बाघले उहाँलाई आक्रमण गरेको थियो ।

बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशाेक रामका अनुसार बाघ नियन्त्रणमा लिन सामुदायिक वनमा हात्ती सहित प्राविधिक टाेली खटिसकेकाे छ । ढाट लगायतका अन्य प्रविधिको प्रयाेगबाट बाघलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयाे ।

यस आर्थिक वर्षको अवधिमा अहिलेसम्म बर्दिया निकुञ्ज मध्यवर्ती क्षेत्रमा पाटे बाघको आक्रमण परि २ जनाकाे ज्यान गएकाे राष्ट्रिय प्रकृति संरक्षण काेषका प्रमुख अजित तुम्बाहाम्फेले जानकारी दिनुभयो । गएको भदाै महिनामा पाटे बाघको आक्रमणबाट बाँसगढिमा एक महिलाकाे ज्यान गएको थियाे । यस्तै गैँडा र हात्तीको आक्रमणबाट यस आर्थिक वर्षमा २ जनाकाे ज्यान गएको छ ।

पछिल्लो समय पाटेबाघले घाँस दाउरा लिन गएका तथा सामुदायिक वन किनारका स्थानीयलाई आक्रमण गर्नुका साथै गाउँमै पसेर पनि पाटेबाघले स्थानीयको ज्यान लिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP