Trend
बिहिबार , कार्तिक २१, २०८२

Atv News
बर्दिया,पौष २८

पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका–७ कालीगौडीकी ४० वर्षीय पदमकला थापाको आइतबार दिउँसो मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका–६ स्थित बकुवा सामुदायिक वनमा बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो साढे १२ बजे महिलालाई बाघले आक्रमण गरेको थियो ।

स्थानीय र प्रहरीले खोजतलास गर्दा वनमा मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । बाघले महिलाको टाउको र घाटीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP