Trend
बिहिबार , कार्तिक २१, २०८२

Atv News
बर्दिया,माघ ४

जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित लक्ष्मीकान्त न्यौपानेको घरमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले ६ जनालाई बुधबार प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१ का ३१ वर्षिय घरबेटी लक्ष्मीकान्त न्यौपाने, ३३ वर्षिय बिर्ष बहादुर शाही, २१ वर्षिय ईश्वर कुमार बोहरा, ३६ वर्षिय रामु थारु, ३९ वर्षिय गणेश बहादुर थापा र ३७ वर्षिय ध्रुव थापा रहेका छन् ।

प्रहरीका अनुसार जुवा खालबाट नगद रु ५१ हजार ८ सय ७०, मोबाईल ७ वटा र जुवा खेल्न प्रयोग गरिएको ४ गड्डी तास बरामद भएको छ । छ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP