Trend
बुधबार , फागुण २०, २०८२

Atv News
बर्दिया,माघ ४

जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँ स्थित लक्ष्मीकान्त न्यौपानेको घरमा जुवा खेलिरहेका अवस्थामा प्रहरीले ६ जनालाई बुधबार प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–१ का ३१ वर्षिय घरबेटी लक्ष्मीकान्त न्यौपाने, ३३ वर्षिय बिर्ष बहादुर शाही, २१ वर्षिय ईश्वर कुमार बोहरा, ३६ वर्षिय रामु थारु, ३९ वर्षिय गणेश बहादुर थापा र ३७ वर्षिय ध्रुव थापा रहेका छन् ।

प्रहरीका अनुसार जुवा खालबाट नगद रु ५१ हजार ८ सय ७०, मोबाईल ७ वटा र जुवा खेल्न प्रयोग गरिएको ४ गड्डी तास बरामद भएको छ । छ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्वाचन प्रहरी छनौटमा पक्षपातको आरोप, बर्दियामा प्रहरी कार्यालय घेराउ

पालिका स्तरिय पुरन्या थारू नाच प्रतियोगिता तथा माघी मिलन कार्यक्रम सम्पन्न

लागुऔषधसहित दुई भारतीय नागरिक बर्दियाबाट पक्राउ

दुर्घटनालाई निम्तो दिँदै जिल्ला अस्पतालको गेट अगाडी रहेको खुला नाला, आवतजावत गर्ने सर्वसाधारण सास्तीमा

सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा

क्षेत्र नं १ बाट नेकपा एमालेको पाँच जना सिफारीस


TOP