Atv News
रामप्रसाद चौहान
बर्दिया,माघ ४

छ महिनाको अन्तरालमा सवारी दुर्घटनामा परि २० जनाको ज्यान गएको छ । चालु आर्थिक वर्ष ०८१÷०८२ को साउन देखि पौषसम्म सवारी दुर्घटनामा परि २० जनाको ज्यान गएको हो ।

त्यसैगरि सवारी दुर्घटनामा परि १ सय ८ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी बर्दियाको तथ्यांकले पुष्टि गर्छ ।
साउन देखि पौषसम्म सवारी दुर्घटनामा परि २० जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका ट्राफिक प्रहरी हवल्दार कृष्णा डाँगीले बताए ।

‘जसमा १५ पुरुष, ३ महिला, एक बालक र एक बालिका रहेका छन्,’ट्राफिक प्रहरी हवल्दार डाँगीले भने,‘त्यसैगरि ३४ जना शख्त र ७४ जना सामान्य घाईत भएका छन् ।

’ उनका अनुसार छ महिनाको अन्तरालमा ९७ दुर्घटना भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनामा परि साउनमा २, भदौमा १, असोजमा १, कात्तिकमा ८, मंसिरमा ६ र पौषमा २ जनाको ज्यान गएको रेकर्ड छ । दुर्घटनामा संलग्न अन्य सवारी साधनहरु भन्दा बढी मोटरसाइकल रहेको देखिन्छ । ट्राफिक प्रहरीको तथ्यांक अनुसार छ महिनामा ८१ वटा मोटरसाइकल दुर्घटना भएको पुष्टि हुन्छ ।

यो अवधिमा दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीले १ सय ९१ सचेतनामुलक कार्यक्रम संचालन गरेको तथ्यांक छ । त्यसैगरि जिल्ला ट्राफिक प्रहरी कार्यालयले छ महिनामा ३ हजार ५ सय ४८ सवारी साधनलाई कारवाही गरि २८ लाख ६१ हजार ५ सय राजश्व संकलन गरेको तथ्यांक छ ।
पछिल्लो समय दिनहुँ दुर्घटनाका घटना हुन थालेपछि ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार मोटरसाइकल बढी दुर्घटना भएको पाइन्छ । सवारी साधन तिव्र गतिमा नचालउन, हेलमेट लगाउन, सवारी चलाउदाँ लापरवाही नगर्न, मापसे र लापसे गरि सवारी साधन नचलाउन ट्राफिक प्रहरीले आग्रहसमेत गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी


TOP