काठमाडौं, कीर्तिपुर नगरपालिका-१० टियु गेटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम सहित तार्केश्‍वर नगरपालिका-३ जितपुर घर भएका ४२ वर्षीय सोभित थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कीर्तिपुरबाट तार्केश्‍वर जितपुरतर्फ जाँदै गरेको बा.प्र ०२-०२२ प ०७५० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

ललितपुर, महालक्ष्मी नगरपालिका-४ ईमाडोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ८ सय मिलिग्राम सहित काठमाडौं बुढानिलकण्ठ बस्ने इलाम घर भएका २१ वर्षीय साहिल कट्टेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले बा.५७ प ५४६३ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-५ मेडिकल कलेज नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३३ वर्षीय ओकेन्द्र चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, घोडाघोडी नगरपालिका-१ भजनी रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ६ सय मिलिग्राम सहित सोही नगरपालिका-१ जनकपुर बस्ने ३० वर्षीय महेश चन्दलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-४ शिवपुरीधामबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने ३८ वर्षीय भरत चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट शिवपुरीधामबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका-६ चम्मन चौराहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय १० मिलिग्राम सहित सोही ठाउँस्थित रोल्पाली सुकुटी सेन्टर होटल संचालन गर्दै आएकी दार्चुला महाकाली नगरपालिका-४ घर भएकी ४२ वर्षीया शान्ती ऐरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ५० मिलिग्राम र गाँजा १ ग्राम ३ सय २० मिलिग्राम सहित कैलाली गोदावरी नगरपालिका-८ स्याउले बस्ने २५ वर्षीय अम्मर नेपालीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका-१५ सुवेदी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४ हजार २ सय ३० ट्याब्लेट र स्पास्पेन ३ हजार २ सय ३० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१४ बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार बेलुकी प्रहरीले प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।(स्रोतनेपालप्रहरी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP
सोमंबुबिशु