२०८१-१०-०६

रौतहट, चन्द्रपुर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका-६ मैनापोखर बजारबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ९६ ग्राम सहित जाजरकोट जुनिजाँदे गाउँपालिका-५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्राम  सहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका-८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको   हो ।

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१ पार्क मोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक बसुवा र गौरीगंगा नगरपालिका-१ बस्ने २२ वर्षीय बिष्णु गुरूङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । (स्रोतनेपालप्रहरी )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

समस्याग्रस्त चितुवा नियन्त्रणपछि स्थानीय खुसी

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP
सोमंबुबिशु