Trend
बिहिबार , जेठ २८, २०८३

Atv News
बर्दिया,माघ ८

लागु औषध चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थितबाट प्रहरीले लागु औषध चरेशसहित शनिबार साँझ एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोट जुनिचाँदै गाउँपालिका–५ मईपका १९ वर्षिय कृष्ण थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक राजेश साहुको नेतृत्वमा खटिएको प्रहरी टोलीले थापालाई लागु औषधसहित पक्राउ गर्न सफल भएको हो ।

शंकास्पद रुपमा रहेका थापालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध चरेश फेला परेको प्रहरीले जनाएको छ । थापाले बोकेको झोलाभित्र पहेलो रङको प्लाष्टिकले बेरेर लुकाई राखेको अवस्थामा चरेश फेला परेको हो ।

प्रहरीका अनुसार बरामद लागु औषध चरेश २ किलोग्राम ९६ ग्राम रहेको छ । लागु औषध चरेशसहित थापालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बढैयाताल गाऊपालिकाले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

विद्यालयको तह मिलान र विद्यालय मर्ज गर्दे बढैयाताल गाऊपालिका

सातौ संस्करणको अध्यक्ष कप फुटबल प्रतियोगिताको आम्दानी खर्च सार्वजनिक

कुवैतमा गम्भीर बिरामी परेका नेपाली युवकको २४ घण्टामै उद्धार

बढैयाताल उद्योग वाणिज्य संघले गऱ्यो एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई सम्मान

सबारी दुर्घटना न्युनिकरण अभियानमा ट्राफिक प्रहरी


TOP