Trend
बिहिबार , कार्तिक २१, २०८२

Atv News
बर्दिया,माघ ८

लागु औषध चरेशसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थितबाट प्रहरीले लागु औषध चरेशसहित शनिबार साँझ एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोट जुनिचाँदै गाउँपालिका–५ मईपका १९ वर्षिय कृष्ण थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय मैनापोखरका इन्चार्ज प्रहरी निरीक्षक राजेश साहुको नेतृत्वमा खटिएको प्रहरी टोलीले थापालाई लागु औषधसहित पक्राउ गर्न सफल भएको हो ।

शंकास्पद रुपमा रहेका थापालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा लागु औषध चरेश फेला परेको प्रहरीले जनाएको छ । थापाले बोकेको झोलाभित्र पहेलो रङको प्लाष्टिकले बेरेर लुकाई राखेको अवस्थामा चरेश फेला परेको हो ।

प्रहरीका अनुसार बरामद लागु औषध चरेश २ किलोग्राम ९६ ग्राम रहेको छ । लागु औषध चरेशसहित थापालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP