Trend
शनिबार , भाद्र २७, २०८३

बर्दिया, माघ २४ न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा   बर्दिया अस्पताल उत्कृष्ट भएको देखिन्छ ।   विगत तीन वर्षको मुल्यांकनमा अस्पतालको क्रमशःअंक बढेको देखिन्छ । न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पतालले यस वर्ष ९७ प्रतिशत अंक प्राप्त गरेको छ ।

न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मुल्यांकन तथा समिक्षा कार्यक्रममा बुधबार भेरी अस्पताल नर्सिङ प्रमुख तथा न्युनतम सेवा मापदण्ड प्रमुख स्रोत व्यक्ति दुर्गा लक्ष्मी श्रेष्ठले बर्दिया अस्पतालले ९७ प्रतिशत अंक प्राप्त गरेको घोषणा गरिन् । तोकिएको सुचकमा केन्द्रित भई स्थलगत अनुगमन तथा मुल्यांकन गरि अस्पताललाई नंम्बर उपलब्ध गराएको श्रेष्ठले जानकारी दिईन् ।

उनका अनुसार लुम्बिनी प्रदेश अन्तर्गत सेकेन्डरी ए लेभलका १३ वटा अस्पताल मध्ये अहिलेसम्म मुल्यांकन गरिएका ९ अस्पतालमा बर्दिया अस्पताल पहिलो रहेको छ । अझै ४ वटा अस्पतालको न्युनतम सेवा मापदण्ड अनुगमन मुल्यांकन गर्न बाँकी रहेको श्रेष्ठले जनाईन् । अस्पतालको प्रशासन, व्यवस्थापन, बजेट खर्चको अवस्था, विशेषज्ञ सेवा, निःशुल्क उपचार सेवा, फोहर मैला व्यवस्थापन लगायतलाई आधार मानेर न्युनतम सेवा मापदण्डको मूल्यांकन गरिएको जनाईएको छ

गत वर्ष नेपाल भरिका सेकेन्डरी ए लेभलका अस्पतालहरुमा न्युनतम सेवा मापदण्डको समिक्षामा बर्दिया अस्पतालले ९६ प्रतिशत अंक प्राप्त गरी लुम्बिनी प्रदेशमा पहिलो र नेपालमा दोस्रो भएको थियो । त्यसैगरि २०७९ मा ९५ प्रतिशत अंक प्राप्त गरि न्युनतम सेवा मापदण्डमा बर्दिया अस्पताल लुम्बिनी प्रदेशमा पहिलो भएको थियो ।

न्युनतम सेवा मापदण्ड समिक्षा कार्यक्रममा अस्पतालको अवस्थाको बारे बर्दिया अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले जानकारी गराएका थिए ।

अस्पतालको टिमलाई धन्यवाद दिदँै आगामी दिनमा गुणस्तरीय सेवा प्रर्वाह गर्न लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरीले बताए ।

अस्पताल र यहाँका जनताको आवश्यकता के हो, त्यो पाटोबाट पनि हेर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘हामीले भएको सेवाबाट ९७ प्रतिशत अंक ल्यायो,’प्रजिअ शर्माले भनिन्,‘९७ प्रतिशत जनता नै सन्तुष्ट छन त, सबैले सेवा पाएका छन्, पहुँच छ कि छैन ।’

अस्पतालबाट कस्ता किसिमका सेवा दिन सकेका छौं, कस्ता सेवाको लागि अन्य ठाउँमा रिफर गर्न बाध्य रहेका छौं । यस अस्पतालमा अझै बढी सेवा र विज्ञता बढाएर यहाँका जनताहरु रिफर नभईकन बर्दिया अस्पतालबाट सेवा पाउने गरि व्यवस्था मिलाउन प्रजिअ शर्माले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसंग आग्रहसमेत गरिन् ।

अस्पतालमा देखिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी दिनमा प्रभावकारी सेवा दिन जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टले समिक्षा कार्यक्रममा भनाई राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

निर्णयबाट पछि हटने छैनौ, बढैयाताल गाऊपालिका अध्यक्ष हिमालय त्रिपाठी

भारतीय गाडीको ठक्कर बाट मोटर साइकिल चालकको मृत्यु

बढैयातालका २६२ जना किसानले पाए ५०% अनुदानमा कृषि यन्त्र तथा उपकरण

मैनापोखरमा अव्यवस्थित बसोबासीको सर्वदलीय बैठक, समस्या समाधान गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षक मिलान र सरुवा निर्णय पुनरावलोकन गर्न बढैयातालका राजनीतिक दलको अल्टिमेटम

कुपोषण न्यूनीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न


TOP