बर्दिया(मधुवन), माघ २४ गते / नेपाल नेत्रज्योति संघ तथा बर्दिया आँखा अस्पताल मधुवन बर्दियाले मधुवन उद्योग वाणिज्य संघ मधुवन द्वारा आयोजित मधुवन महोत्सवमा आँखा चेकजाँच कार्यक्रम मार्फत, आँखाका बिरामीहरूलाई आवश्यक पर्ने चस्मा र औषधी निःशुल्क रूपमा वितरण कार्य गरिरहेको छ । माघ १५ गते देखि संचालित तेस्रो मधुवन औद्योगिक, व्यापारिक, कृषि, सांस्कृतिक एवम् पर्यटन महोत्सवमा आएका स्थानीयहरुको निशुल्क आँखा जाचका साथै निशुल्क रुपमा औषधी वितरण गरिएको बर्दिया आँखा अस्पताल मधुवनकी नेत्र सहायक श्रृजना चौधरीले बताइन
माघ १५ गते देखि संचालित महोत्सवमा आज २४ गते सम्ममा २ सय ७० जनाले आँखा जाँच गरिएको समेत चौधरीले भनिन्। चेकजाच गर्न आउनेहरुलाई आवश्यक पर्ने औषधी र सोही अवधिमा आवश्यक पर्ने बिरामीलाई नजिकको लेखपढ गर्न मिल्ने १ सय ४३ जनालाई पावर सम्बन्धी चस्मा पनि निःशुल्क वितरण गरेको समेत जानकारी दिइन ।
बर्दिया जिल्ला मै मधुवन नगरपालिकामा अवस्थित बर्दिया आँखा अस्पतालले जिल्ला मै लामो समय देखि आँखा उपचारमा उल्लेख्य भूमिका खेल्दै आएको छ । महोत्सव स्टलमा आँखा जाँचका क्रममा छनोट भएका मोतिविन्दुका साथै आँखा सम्बन्धित अन्य आँखाका बिरामीहरूलाई बर्दिया आँखा अस्पतालमा निःशुल्क उपचारका साथै शल्यक्रियाको व्यवस्था मिलाइएको छ चौधरीले भनिन् । चौधरीले भनिन्, ‘आँखा जाँच गर्न आउने ५० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई महोत्सव स्थल भित्र प्रवेश शुल्कको टिकटमा ५० प्रतिशत छुटको व्यवस्था समेत अस्पतालले प्रबन्ध गरेको छ ।’ बर्दिया आँखा अस्पताल मधुवनले महोत्सव बाहेकका दिनहरूमा समेत निःशुल्क आँखा उपचार सँगै निःशुल्क मोतिविन्दुको शल्यक्रिया गर्दै आएको छ।