२६, माघ, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका– १० पानीधारास्थित पृथ्वीराजमार्गमा गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा. २ख ७६३६ नम्बरको गाडी अनियन्त्रित भएर दुर्घटना भएको हो । गाडीमा १४ यात्रु रहेकोमा पाँचजना भइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए ।

चितवन भरतपुर महानगरपालिका– ९ का ४३ वर्षीय प्रकाश अधिकारी, सोही ठाउँका ५० वर्षीय मनबहादुर पुन, भरतपुर महानगरपालिका– ८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल, सोही ठाउँ बस्ने २३ वर्षीया अञ्जली रिमाल र भरतपुर महानगरपालिका– ५ बस्ने ५० वर्षीय सुदर्शन थापा छन् । अधिकारी, पुन, पौडेल र रिमालको प्रशान्त फार्मेसी चौकीटारमा तथा थापाको बिहानी फार्मेसी मझिमटारमा उपचार भइरहेको डिएसपी हमालले जानकारी दिए ।

डिएसपी हमालका अनुसार दुर्घटनापछि प्रहरीले चालकलाई नियन्त्रणमा राखेर अनुसन्धानअघि बढाएको छ । दुर्घटनालगत्तै प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतले नेतृत्वमा प्रहरी टोली खटिएको थियो ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

कृष्ण प्रसाद अहिरको नेतृत्वमा जसपा बर्दियाको नयाँ समिति गठन

गुलरियामा मोटरसाइकल दुर्घटना हुँदा मिहिपुरवाका एक जनाको मृत्यु

गुलरियामा मोहर्रम शान्तिपूर्वक सम्पन्न, सुरक्षा निकायको भूमिका प्रशंसनीय

गुलरिया नगरपालिकाका मुस्लिम र दलित महिलाहरूको अवस्था : अवसर र चुनौती

बढैयातालमा मासु पसल र दुग्ध डेरीको अनुगमन, सुधारको सुझाव र कारबाहीको चेतावनी

मानव वन्यजन्तु द्वन्द्व न्युनिकरण सम्बन्धित अन्तरक्रिया सम्पन्न


TOP