Trend
बिहिबार , कार्तिक २१, २०८२

whatsapp sharing button
 अमृत चिमरिया

२७ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंको कालिमाटी क्षेत्रको सडक ३ असार २०८० मा राताम्य थियो । कारण थियो– बजार मूल्य नपाएको भन्दै कालिमाटी तरकारी बजारका व्यापारीले गोलभेँडा सडकमा फ्याक्नु ।

बिक्री हुन छाडेको भन्दै किसान र व्यापारीले कालिमाटी फलफूल तथा तरकारी बजार परिसरदेखि कालिमाटी मूल सडकसम्म गोलभेँडा फ्याँकेका थिए ।

त्यो बेला कालिमाटी क्षेत्रमा करिब ५० हजार किलो गोलभेँडा सडकमा  फ्याँकेर ‘गोलभेँडा होलिडे’ गरिएको थियो ।

त्यसको दुई महिनापछि बजारमा गोलभेँडा आउने क्रम रोकियो । नेपाली उत्पादनको सिजन सकिएपछि भारतीय गोलभेँडा उच्च मूल्यमा उपभोक्ताले किन्न बाध्य भए ।

ठ्याक्कै त्यही बेला नेपाली सस उद्योगहरू कतिपय बन्द हुने अवस्था आएको भन्दै भारतबाट चर्को मूल्यमा गोलभेँडा आयात समेत भएको थियो ।

२० माघ २०७९ मा स्वदेशी तरकारीले उत्पादन अनुसार लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानले नारायणगढ पुल्चोकमा तरकारी फालेर विरोध जनाए ।

तरकारी उत्पादक किसान मारमा परेको भन्दै नारायणगढमा गोलभेँडा, काउली, बन्दा, परबल लगायत तरकारी फालेर आन्दोलन गरियो ।

त्यस्तै घटना वैशाख २०७८ मा पनि भयो । तत्कालीन समयमा कोरोना भाइरस महामारीले गर्दा निषेधाज्ञाका कारण बारीमा भएको उत्पादनले बजार नपाएको भन्दै मकवानपुर, काभ्रे, चितवन लगायत विभिन्न स्थानका किसानले हजारौं किलो काउली उखेलेर फाले । बजार जान नपाउने भएपछि तरकारी उखेलेर त्यो बेला किसानले अन्नबाली लगाएका थिए ।

फागुन २०७७ मा पश्चिम नवलपरासीमा गोलभेँडाले बजार नपाएको भन्दै बर्दघाटका किसानले बर्दघाट नगरपालिका परिसरभित्रै  फालिदिएर विरोध जनाए ।साभारअन्लाईनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

बर्दियामा दशैं शान्तिपूर्ण बनाउन अभियन्ता पौडेलको प्रशासन–नगरपालिका समक्ष अनुरोध

“नेविसंघ बर्दियाद्वारा कांग्रेस पार्टी कार्यलयमा सरसफाई तथा व्यवस्थापन कार्यक्रम सम्पन्न”

बर्दियामा बाघको आक्रमणमा मृत्यु भएकी महिलाको परिवारसँग पूर्व मन्त्री अब्दुल खानको भेट

थप दुई फरार प्रतिवादी मैनापोखर प्रहरी द्वारा पक्राउ

गुलरियामा बजार अनुगमन म्याद नाघेका सामग्री जफत गरी नष्ट

गोहीको आक्रमणमा परी बेपत्ता युवाको खोजीको लागि हात्ती परिचालन


TOP